यो परिस्थितिको निर्माणबारे नेतृत्वसमक्ष कार्यसमितिमा निर्मम समीक्षा गर्नेछौँ  : नेता कोइराला

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चुनावी गठबन्धनको भविष्य शंकास्पद छ भनी पार्टीमा उठेको आवाजलाई महत्वहिन ठानिनु गलत भएको दोहोर्याउनु भएको छ।

नेता कोइरालाले आज एक विज्ञप्ति जारी गर्दै गठबन्धनको प्रकरणमा कैयन कांग्रेसजनको राजनीतिक हत्या भएको बिर्सन नसक्ने समेत बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ, ‘विगत एक बर्षदेखि अझ खासगरी कांग्रेसको चौधौँ महाधिवेशन अघि र पछि नेपाली कांग्रेसको राजनीतिमा बिर्सन नसकिने अनेकन् घटना घट्यो । यो निसन्देह नेपालको लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी भूमिका सुहाउँदो थिएन र हामी कांग्रेसको नेतृत्वमा बस्नेले यसबाट शिक्षा लिन सक्नुपर्छ ।’

पार्टीले सत्ता गुमाए पनि शक्ति नगुमाएको बताउँदै उहाँले गठबन्धन टुटेर केन्द्रदेखि प्रदेशसम्म सरकारबाट बाहिर बस्नुपर्ने परिस्थितिको उहाँले गम्भीर समिक्षा गर्ने बताउनु भएको छ ।

ADVERTISEMENT

उहाँले भन्नुभएको छ, ‘संविधानसभाबाट जारी संविधान अन्तर्गत मुलुकमा दोश्रो आम निर्वाचनको माध्यमवाट देशले भर्खरै नयाँ प्रधानमन्त्रीको रूपमा पुष्पकमल दाहाल (प्रचण्ड) लाई पाएको छ । सर्वप्रथम संसदको तेश्रो शक्ति भएर पनि सांसदहरूको अत्यधिक बहुमत जुटाई नियुक्त हुनुभएकोमा म उहाँलाई बधाई र शुभकामना दिन चाहन्छु ।’

कांग्रेस अब राष्ट्रिय राजनीतिमा नयाँ भूमिकामा प्रवेश गर्ने बताउँदै कोइरालाले भन्नुभएको छ, ‘कांग्रेस केन्द्र देखि प्रदेश सवैतिर विपक्षमा बस्नुपर्ने वातावरण हठात आएको छ । यसबाट हामी निराश हुने छैनौँ । यहाँबाट हामी सबैको परीक्षा शुरू भएको ठानी अब हामी फेरि नयाँ ढंगले जनता बीच जानेछौँ । पार्टीको गल्ती कमजोरीको लागि माफी माग्नेछौँ । जनतासँग संवाद शुरू गरेर नयाँ कांग्रेस निर्माणको महाअभियानमा जुटनुको हामीसँग अब विकल्प छैन ।’

सत्ता गुम्दैमा कांग्रेसको शक्ति नगुमेको बताउँदै विज्ञप्ति मार्फत उहाँले भन्नुभएको छ, ‘हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ संकल्प गछौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज