पदभार ग्रहण गर्दै गृहमन्त्री लामिछानेको पहिलो निर्णय : निर्मला पन्तलाई न्याय दिन पहल गर्छु

प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको स्पष्ट

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नवनियुक्त गृहमन्त्री रवि छामिछानेले पदभार ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति कार्यालयमा शपथ ग्रहण लगत्तै मन्त्रालय पुगेर लामिछानेले पदभार ग्रहण गर्नुभएको हो ।

पदभारका क्रममा उपप्रधानमन्त्रीसमेत रहनुभएका गृहमन्त्री लामिछानेले निर्मला पन्तको बारेमा गृह सचीव बिनोद सिंहसँग जिज्ञासा राख्नु भएको थियो ।

गृहमन्त्री लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका पन्तको न्यायका लागि अधिकतम पहल गर्ने बताउनु भयो । साथै लामिछानेले गृहमन्त्रीको रुपमा आफ्नो पहिलो निर्णय हुने भन्दै सचिव विनोदप्रकाश सिंहलाई यसको फाइल बनाउन निर्देशन दिनुभयो ।

ADVERTISEMENT

उपप्रधानमन्त्री लामिछानेले जनताको पीरमर्का नबुझ्ने अथवा कुनै पनि गलत काम क्याविनेटमा पनि हुन्छ कि भनेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरी नै आफ्नो पार्टी सरकारका सहभागी भएको पनि स्पष्ट पार्नु भयो ।

विगतमा आफूहरुले जनताको पक्षमा खवरदारी गर्दै आएको र त्यसलाई सरकार तथा संसदमा गएर पनि निरन्तरता दिने उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री लामिछानेले जनताको पक्षमा आफूहरुले गरेको बाचा पूरा गर्ने गरी केही दिनमै सत्तारुढ दलहरुको तर्फबाट सामूहिक प्रतिवद्धता सार्वजनिक गर्ने घोषणा समेत गर्नु भयो । उहाँले आफूहरु मन्त्री पदका लागि सरकारका नआएको पनि पटकपटक दोहो¥याउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. हत्या हिंसा जस्ता अपराधी लाई कानुनी दायरामा ल्याउन पर्नेछ ।

रिलेटेड न्युज