निवर्तमान प्रधानमन्त्री देउवाले आज बालुवाटार छाड्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्ने हुनुभएको छ ।

आइतबार सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि देउवाले आज दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लाग्नुभएको हो ।

तर बालुवाटारबाट कहाँ सर्न लाग्नुभएका हो भन्ने एकिन भइसकेको छैन् । किनभने देउवाको बूढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेको बताइएको छ ।

ADVERTISEMENT

उक्त घरमा तत्काल बस्न मिल्ने बातावरण छैन् । स्रोतका अनुसार घर मर्मत नसकिएसम्म सभापति देउवाले बूढानिलकण्ठकै कुनै एक होटलमा बस्ने तयारी गनुृभएको छ । आजै अपरान्ह ४ बजे नवनियुक्त प्रधानमन्त्री नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शपथ छ।

प्रचण्डको शपथअघि नै देउवाले बालुवाटार छाड्ने तयारी गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज