बालुवाटारमा गठबन्धनको बैठक जारी, राष्ट्रपतिसँग थप समय माग्ने तयारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी छन्।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको पहिलो समयसीमा आइतबार साँझ ५ बजे सकिँदैछ । सो अगाबै ‘पावर सेयरिङ’को विषय टुंग्याउन गठबन्धनको बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्री देउवासहित, कांग्रेसका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की सहभागी हुनु हुन्छ । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ र शक्ति बस्नेत सहभागी हुनुहुन्छ । यसरी नै एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल, नेताहरू राजेन्द्र पाण्डे र बेदुराम भुसाल बैठकमा सहभागी हुनुहुन्छ ।

ADVERTISEMENT

गठबन्धनका प्रमुख दुई दल कांग्रेस र माओवादी केन्द्रबीच सरकारको नेतृत्व पहिले कसले गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेपछि सरकार निर्माणका लागि राष्ट्रपतिसँग थप समय माग्ने समेतको कुरा चलेको छ ।

'सहमतिको प्रयास जारी छ अझ निचोडमा पुग्न र बाँकी शक्ति बाँडफाँडका विषयलाई पनि टुंगोमा पुर्याउन राष्ट्रपति थप समय माग्ने तयारी भइरहेको छ' छलफलमा सहभागी एक नेताले भने ।

संविधानले धारा ७६ (२) अनुसार राष्ट्रपतिले दिएको पहिलो समयसीमा पुस १० गते अपरान्ह ५ बजे सकिँदैछ ।

कांग्रेस र माओवादी केन्द्रका दुबै शीर्ष नेतामाथि सरकारको नेतृत्व पहिले आफैँले लिनुपर्ने दबाब छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज