स्रष्टा खिमानन्द आचार्यको कविता सङ्ग्रह ‘आस्थाका बिम्बहरू’

गीता अधिकारी

✍️ गीत अधिकारी

स्रष्टा खिमानन्द आचार्यको कविता सङ्ग्रह ‘आस्थाका बिम्बहरू’ पाठकमाझ आएको छ । यसअघि कविता सङ्ग्रह ‘धर्तीका माकुरा’, कथा सङ्ग्रह ‘पागल साथी’, गीति सङ्ग्रह ‘मनका तरङ्गहरू’ लघुकथा सङ्ग्रह ‘पश्चात्ताप’, कविता सङ्ग्रह ‘अनेक डायस्पोराका कविता’ (प्रधानसम्पादक) पाठकमाझ ल्याउनुभएका स्रष्टा आचार्यको नविनतम् कृति कविता सङ्ग्रह ‘आस्थाका बिम्बहरू पाठकमाझ ल्याउनुभएको हो । अर्घाखाँचीको डिभर्ना जन्मघर भई लामो समयसम्म गोरखापत्र संस्थानमा लामो समयसम्म काठमाडौंमा रहनुभएका स्रष्टा आचार्य यतिबेला अमेरिकालाई आफ्नो कर्मथलो बनाउँदै आउनुभएको छ ।

उहाँले प्रवासको बसाइमा पनि आफ्नो साहित्य सिर्जनालाई निरन्तरता दिइरहनुभएको छ । साहित्यका सबै विधामा कलम चलाउनुहुने स्रष्टा आचार्य बहुप्रतिभाका धनी हुनुहुन्छ । उहाँले गीत, गजल, हाइकु, कथा, उपन्यास जस्ता विधामा आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ ।
यस कविता सङ्ग्रहलाई उहाँले ‘जसले यो संसार देखाएर, टुकुटुकु हिँड्न सिकायो उहाँहरूप्रति’ भन्दै स्व.पिता विद्धुराम आचार्य र स्व.माता ठगिश्वरा आचार्यमा स्रष्टा खिमानन्द आचार्यले समर्पण गर्नुभएको छ । बगलामुखी अफसेट प्रेस, ललितपुरमा मुद्रक गरिएको १६४ पृष्ठको यस कृतिको मूल्य व्यक्तिगत २०० र संस्थागत ४०० रुपैयाँ राखिएको छ ।

यस सङ्ग्रहमा उहाँले विभिन्न परिवेशका कविता पस्किनुभएको छ । आफूले होश सम्हाल्न थालेदेखि जीवनको अहिलेसम्मका अनुभव, अनुभूति र घटनालाई सूक्ष्मातिसूक्ष्म किसिमले कवितामार्फत पर्गेल्ने काम गर्नुभएको छ । कवितमा विभिन्न विषयलाई उहाँले उजागर गर्नुभएको छ । यो कृति यथार्थको सुन्दर ऐना पनि हो ।

उहाँका विभिन्न विधामा रहेका साहित्य सिर्जनाका फुटकर रचनाहरू प्रायः सार्वजनिक भइरहेका हुनछन् भने पुस्तककारका रूपमा आधा दर्जन कृति पाठकमाझ आएका छन् । सानैदेखि गीत, कविता, कथामा विशेष लगाव राख्नुहुने स्रष्टा आचार्य गोरखापत्रको जिगिरे जीवनमा अझ बढी साहित्यतर्फ आकर्षित हुनुभएको देखिन्छ । विदेशमा रहेपनि देशप्रतिको हुटहुटिले साहित्यको भण्डारमा एकपछि अर्को कृति उहाँले सुम्पदै जानुभएको छ ।

आज उहाँ जुन साहित्यिक गरिमाका बीचमा उभिन पुग्नुभएको छ यसको मुख्य पृष्ठभूमि अर्घाखाँचीको आफ्नो परिवेश, गोरखापत्रको जागिरे जीवन र आफ्नो जिन्दगीका विभिन्न आरोह अवरोह रहेका छन् । यि तत क्षेत्रबाट नै उहाँले आफ्ना कृति भित्रका सामल तयार पार्नुभएको छ । यसैमेसोमा उहाँको पछिल्लो कृति कविता सङ्ग्रह ‘आस्थाका बिम्बहरू’ एक सशक्त कृतिका रुपमा पाठकमाझ आएको हो ।

यस सङ्ग्रहमा उहाँले विभिन्न परिवेशका कविता पस्किनुभएको छ । आफूले होश सम्हाल्न थालेदेखि जीवनको अहिलेसम्मका अनुभव, अनुभूति र घटनालाई सूक्ष्मातिसूक्ष्म किसिमले कवितामार्फत पर्गेल्ने काम गर्नुभएको छ । कवितमा विभिन्न विषयलाई उहाँले उजागर गर्नुभएको छ । यो कृति यथार्थको सुन्दर ऐना पनि हो । ऐनाले कसैलाई ढाँट्दैन । यो नै यस कृतिको विशेषता हो ।

ADVERTISEMENT

कृतिमा उहाँले ‘भाइलाई अर्ती’, ‘अक्षरको खेती’, ‘मन जहाँ पनि दुख्न सक्छ’, ‘उठ छोरा ढिला...’, ‘आमा’, ‘म र मेरो साथी’, ‘बोधिसत्व’, ‘मेरो प्रवृत्ति’, ‘बाबा’, ‘नेपाली’, ‘मानव’, ‘आशा’, ‘हामी’, ‘कल्पवृक्षको चाहना’, ‘मृटुको स्पन्दन’, ‘मान्छेको महिमा’, ‘मेरो आस्थामा लागेको...’, ‘खै कसको लेखूँ कविता’, ‘घामपानी’, ‘मेरो’, ‘स्पन्दन’, ‘वियोग’, ‘बहिनीलाई चिठी’, ‘आत्मा साक्षी’, ‘फगत जिउने रहर’, ‘प्रवासी मन’, ‘खै कस्तो जिन्दगी’, ‘म कहाँ छु’, ‘देशप्रेम’, ‘राजनीति र विरोध’, ‘आदिस्रोत’, ‘छोरी’, ‘आमाको पुकार’, ‘नयाँ वर्ष परिवर्तन लिएर आउनू’, ‘तिमी धर्ती हौ’, ‘आफू जलेर’, ‘भानु’, ‘धर्ती’, ‘नसोध देश कहाँ दुख्छ’ र ‘अर्घाखाँची’ जस्ता शीर्षकमा विभिन्न परिवेशका कविता उहाँले यस सङ्ग्रमा सङ्ग्रहित गर्नुभएको छ ।

यसैगरी स्रष्टा आचार्यले ‘सनक’, ‘जहर’, ‘जिन्दगी’, ‘मुक्तक’, ‘सत्य’, ‘सत्यको पदचाप पछ्याउँदै’, ‘दिव्यज्ञान’, मन-मुटुहरू’, ‘वनमारा’, ‘स्मरण’, ‘कलिका पलहरू’, ‘नयाँ वर्ष’, ‘रगत’, ‘नदेखिएको नाति’, ‘खै, म कहाँ छु बा’, ‘युग’, ‘पवित्र कर्म’, ‘धृतराष्ट्रको आलिङ्गन’, ‘स्वतन्त्रता’, ‘मैले बालेको दियो निभ्न नदिनू’, ‘बास्ना बिनाको फूल’, ‘विनाश काले विपरीत बुद्धि’, ‘नेपाल आमा’, ‘सीमाको कुरा’, ‘अनुभूति’, ‘राम्रो’, ‘लत’, ‘परिवेश’, ‘सार्थक’, ‘सत्यपथ’, ‘सद्भावना’, ‘माटो’, ‘गौरव’, ‘युवा’, ‘दुःख सागर’, ‘माटो’, ‘दिव्य सत्य’, ‘आगो’, ‘आत्मज्ञान’ र ‘चेतनाको खडेरी’ जस्ता शीर्षकमा उहाँका कविता यस कृतिमा गद्य-पद्यमा छहराबाट पानी छङछङए जस्तै छङछङएका छन् ।

कुर्सी-संग्राममा रमाउने लेन्डुप दोर्जेहरू
दिवास्वप्न देख्ने दुर्योधनहरू
स्वार्थको युद्ध संग्रामले पोखिएको रगतमा
रमाउने माखाहरूको दानवीय प्रवृति
विश्वास च्यातिएको सम्बन्ध
तुषारापात भएका मनहरू
आफ्नै कर्मको औचित्य थाहा नपाउने
भष्मासुरहरू
खै कसको लेखूँ कविता !
-खै कसको लेखूँ कविता

----------------

करुण ज्ञान हो चक्षु दिव्य सत्व उठाउँछु,
अल्पज्ञानी पशुतुल्य धर्ती बोझ बढाउँछ ।
धर्तीको प्रेम हो सच्चा मानवत्व बचाउनु,
वासनाजन्य प्रीतिको अल्पज्ञान हटाउनु ।
-दिव्य सत्य

कृतिमा ‘आचार्यका कवितामा आलोक’ शीर्षकमा अन्तर्राष्ट्रिय नेपाली समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीको ४६ पृष्ठको विशेष भूमिका रहेको छ । उहाँले समग्र कृतिको केस्रा केस्रा औल्याउनुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘कवि आचार्य सिर्जना गर्ने मात्र नभएर समालोचकीय दृष्टि पनि भएका विद्वान भएकाले र नेपालबाट अमेरिका आइबसेका पहिलो पुस्ताका डायस्पोरा भएकाले कवितामा अभिजात्य संस्कृति र नेपाल मोह सर्वत्र देखिन्छ । पर्यावरण समालोचना वा सांस्कृतिक अध्ययनको समालोेचनाका दृष्टिले पनि सुन्दर कविताको सङ्ग्रह हो यो ।’

यस्तै स्रष्टा आचार्य आफ्नो मनको कुरामा भन्नुहुन्छ, ‘विगतका सबै प्रसवपीडाले जन्माएका भावनाहरू र जहाँ जीवन व्यतीत गरेका, अन्नपानी सेवन गरेका छौँ त्यही परिवेशले दिएको चेतनाको बिम्बहरू, प्राकृतिक रूपमा बेलाबेलामा उत्पन्न प्रकृति–प्रकोप तथा सांस्कृतिक पक्षको प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने प्रयत्न भएको छ ।’ स्रष्टा आचार्यको कलमले अझ नयाँ नयाँ कृति जन्माओस् त्यसको हामीले रस्वादन गर्न पाइराखौँ यही गीता कामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?