नागरिकलाई मास्क लगाउन भारतीय प्रधानमन्त्री मोदीको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई पुनः मास्क लगाउन सुरु गर्न आह्वान गर्नुभएको छ ।

चीनमा कोभिड संक्रमितको सङ्ख्यामा अप्रत्यासित वृद्धि हुन थालेपछि बिहीबार मोदीले कोरोना समस्या सम्बन्धी एउटा पुनरवलोकन बैठक बोलाउनुभएको थियो ।

ADVERTISEMENT

चीनको नाजुक अवस्था हेरेर भारत शतर्क बनेको हो । प्रधानमन्त्री मोदीले जनतालाई स्वास्थ्य परीक्षणमा जोड दिन र कोभिड नियन्त्रण तथा रोकथाममुखी व्यवहारलाई पुन प्रोत्साहन गर्न आग्रह गर्नुभएको छ ।

कोरोना संक्रमणको दर झरेपछि यसै वर्षको सुरुमा भारतले मास्क लगाउनेलगायत कोभिडसम्बन्धी अन्य नियमहरू फुकुवा गरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?