नयाँ दिल्ली। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई पुनः मास्क लगाउन सुरु गर्न आह्वान गर्नुभएको छ ।
चीनमा कोभिड संक्रमितको सङ्ख्यामा अप्रत्यासित वृद्धि हुन थालेपछि बिहीबार मोदीले कोरोना समस्या सम्बन्धी एउटा पुनरवलोकन बैठक बोलाउनुभएको थियो ।
चीनको नाजुक अवस्था हेरेर भारत शतर्क बनेको हो । प्रधानमन्त्री मोदीले जनतालाई स्वास्थ्य परीक्षणमा जोड दिन र कोभिड नियन्त्रण तथा रोकथाममुखी व्यवहारलाई पुन प्रोत्साहन गर्न आग्रह गर्नुभएको छ ।
कोरोना संक्रमणको दर झरेपछि यसै वर्षको सुरुमा भारतले मास्क लगाउनेलगायत कोभिडसम्बन्धी अन्य नियमहरू फुकुवा गरेको थियो । एजेन्सी







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts