सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेतामा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही सर्वसम्मत चयन हुनु भएको छ ।
कर्णाली प्रदेशमा निर्वाचित प्रदेशसभा सदस्यहरुको शुक्रबार बसेको बैठकले शाहीलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
दलको नेतामा दाबी गरिरहेका राजिवविक्रम शाहको प्रस्तावक र जानकी सिंहको समर्थकमा उहाँ सर्वसम्मत दलको नेता चयन हुनुभयो। उहाँअहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री हुनु हो । शाही हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित हुनु भएको छ ।






