प्रतिनिधिसभा सदस्यको शपथ पछि मात्र दिए बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले राजीनामा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिनुभएको छ । प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गरेको भोलिपल्ट शुक्रबार उहाँले मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको हो ।

मुख्यमन्त्री पदमै रहँदा उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको छ । प्रतिनिधिसभा सदस्यमा विजयी हुँदासमेत मुख्यमन्त्रीबाट राजीनामा नदिएको भन्दै उहाँको आलोचना समेत हुँदै आएको थियो ।
उहाँ एकीकृत समाजवादीका तर्फबाट धादिङ १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनु भएको हो ।

ADVERTISEMENT

एमालेका उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई पराजित गर्नुभएको पाण्डेले ३५ हजार ९३४ मत ल्याउनु भएको थियो। एमालेका त्रिपाठी २७ हजार ९५३ मत ल्याएर पराजित हुनु भएको थियो ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई शपथ ग्रहण गरेपछि उहाँले बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज