एचआइभी संक्रमितका लागि सहयोगको आवश्यक

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीको सदरमुकाम तम्घासमा भएको एक कार्यक्रममा सहभागीहरुले एचआइभी संक्रमितहरुका लागि स्थानीयतहको बिशेष सहयोगको आवश्यक रहेको बताएका छन् । आप्रवासी तथा तिनीहरुको दम्पत्तीको लागि एचआइभी रोकथाम कार्यक्रमको जिल्लास्तरीय सरोकारवालासँग समन्वय तथा समीक्षा बैठकमा उनीहरुले यस्तो बताएका हुन् ।

स्वास्थ्य कार्यालय गुल्मीका एआरटी प्रमुख पुष्कर घिमिरेले आर्थिक अवस्था कमजोर र भौगोलिक दुरीका कारण सदरमुकाम देखि टाढा रहेका संक्रमितहरूलाई भाइरल लोड परीक्षण गर्न समस्या हुने गरेको बताउनुभयो । जसका कारण संक्रमित बिरामीहरूले औषधी सेवन गर्न बीचमै छोड्ने गरेका छन् । सहजताका लागि स्थानीय तहहरुले बिशेष सहयोग गर्नुपर्ने देखिएको उहाँको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख द्रोणर्बहादुर खत्री, सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे, गुल्मी अस्पताल तम्घासका मेडिकल सुपरिटेण्डेन्ट डा।उत्तम पच्याले जिल्लामा रहेका एचआइभी संक्रमितहरुलाई स्थानीय तहहरुले पनि आवश्यक सहयोग गर्न सुझाव दिनुभयो । उहाँहरूले नार्डेक नेपालले एचआइभीरटिबी रोगको रोकथामका लागि खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

ADVERTISEMENT

अहिले एचआइभी संक्रमितहरुलाई हेर्ने दृष्टिकोण पनि विस्तारै परिवर्तन हुँदै गएको छ । गैररसरकारी संस्था र सरकारी संस्थाहरुको समन्वयबाट नै लक्ष्य हासिल गर्न सकिने बताउँदै यसका लागि आवश्यक समन्वय गर्ने उहाँहरुले उल्लेख गर्नुभयो ।

परियोजना संयोजक ढाल बहादुर पछाईले पछिल्लो एक वर्षमा नार्डेकले गरेका विभिन्न गतिविधिहरुका विषयमा जानकारी गराउनुभयो । नार्डेक नेपाल गुल्मीका उपाध्यक्ष गुणानिधि शर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पुनाराम घिमिरेले गर्नुभयो । “गोलोबल फण्ड सेभ द चिल्ड्रेन” को आर्थिक सहयोगमा सञ्चालित नार्डेक नेपालले प्रवासी र तिनीहरुको दम्पतीको लागि एचआईभी परिक्षण गर्दै आइरहेको संस्थाका कार्यकारी अधिृकत रेशम कुँवरले जानकारी दिनुभयो ।

त्यस्तै, इपिक नेपाल तथा राष्ट्रिय एचआईभीरएड्स महासंघको आर्थिक सहयोगमा हाम्रो जिवन प्लसले सामुदायिक हेरचाह केन्द्र र घरसमुदायमा आधारित कार्यक्रम अन्र्तगत एचआईभीको जोखिम समूहलाई एचआईभी संक्रमण परीक्षण गर्दै आएको हाम्रो जिवन प्लसकी रञ्जना आले मगरले जानकारी दिनुभयो । यस जिल्लामा हालसम्म ३३९ जना एचआईभी संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज