काव्यालाई किड्स ग्लायम नेपालको उपाधि

Read Time = 2 mins

काठमाडौं । काव्या अधिकारीले किड्स ग्लायम नेपालको उपाधि चुम्नु भएको छ । उहाँले राजधानी काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा भएको विशेष कार्यक्रममा यो उपाधि चुम्न सफल हुनुभएको हो । नौ वर्षकी काव्याले मुख्य उपाधिसहित अन्य उपाधि पनि चुम्न सफल हुनुभएको थियो । राइजिङ नेपाल क्रियशनले आयोजना गरेको प्रतियोगितामा फष्ट रनरअपमा सुमरिना श्रेष्ठ हुनुभएको थियो ।

प्रतियोगितामा मिष्टर एण्ड मिस टिन ग्लायम नेपालका विजेता पनि घोषित गरिएको थियो । मिसको टिनको उपाधि दिव्या तमाङले चुम्न सफल हुनुभएको थियो भने मिष्टरतर्फ योगेश शर्मा हुनुभएको थियो । मिष्टरतर्फ फष्ट रनरअप दिसन राई हुनुभएको थियो भने मिसतर्फ दिप्सना विष्ट । यस्तै अर्गेनाइजर च्वासमा भूमिका राई हुनुभएको थियो । ब्राण्ड एम्बेसडर श्रेया तुलाचन हुनुभएको थियो ।

ADVERTISEMENT

विजेतालाई प्लस टुमासम्म अध्ययनका लागि एक लाखको छात्रावृतिसहित विभिन्न पुरस्कार गिफ्ट हृयापर र ताज प्रदान गरिएको थियो । प्रतियोगिताका सिइओ सागर मगरका अनुसार प्रतियोगीलाई विभिन्न तालिमसहित अन्तिम प्रतिस्पर्धामा उतारिएको थियो । प्रतियोगिताको कोरियोग्राफर अश्रु महर्जन हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनुभयो कि ?