आठौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले गर्ने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । आठौं धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने हुनु भएको छ ।

पुष ७ गतेदेखि १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाई प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरिएको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल समारोह समितिका संयोजक विष्णु थपलियाले बताउनुभयो ।

संघको प्रतिनिधि मण्डलको टोलीले पाण्डेलाई भेटेर प्रमुख अतिथिको निमन्त्रणा पत्र दिएको थियो । महोत्सवको उद्घाटन पुष ७ गते अपरान्ह १२ बजे गर्ने कार्यक्रम तय भएको छ ।

ADVERTISEMENT

धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत पर्यटन र उद्योगको पुर्वाधार भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव हुँदैछ ।

उद्घाटन सत्र अघि रुवीभ्याली गाउँपालिकाको तामाङ सँस्कृति घोडचढी नाथदेखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृति सम्मलाई समेटेर झाँकी तथा शोभायात्रा निकालिने महोत्सव मुल आयोजक समितिले जानकारी दिएको छ ।

यस्ता छन् महोत्सवको मुख्य आर्कषणहरू -
- स्थानीय तह भित्र उत्पादन हुने वस्तु तथा सेवाको प्रद्धर्शनी
- कृषि प्रदर्शनी
- साना तथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
- विविध साँस्कृतिक प्रदर्शनी
- पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
- स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
- हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
- राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
- खनिज जन्य वस्तुको प्रदर्शनी तथा विक्री
- जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
- आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहन सहनको प्रदर्शनी
- इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री/सूचना प्रविधी सम्बन्धी जानकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज