प्रदेश एकमा भाग्यमानी निर्मला, जता गयो उतै रोजेको मन्त्रालय

Read Time = 4 mins

विराटनगर । नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै प्रदेशदेखी संघीय सरकारसम्म आफ्नो पक्षमा सरकार बनाउन दलहरू लागि परेका छन् । प्रदेश १ मा पनि दुई समूह सरकार गठनको अन्तिम कसरतमा छन् ।

एकातर्फ सत्ता गठबन्धनले तयारी गरिरहेको छ भने अर्कातर्फ नेकपा एमाले राप्रपाको गठबन्धनले तयारी गरेका छन् । तर, यी दुई समूहलाई निर्णायक भने जनता समाजवादी पार्टी देखिएको छ । एक सिट मात्रै पाएको जसपालाई आफ्नो पक्षमा तान्न दुवै पक्षका नेताहरूले लबिङ गरिरहेका छन् ।

९३ सदस्यीय प्रदेश सभामा पाँच दलीय सत्ता गठबन्धनको ४६ र एमाले र राप्रपा गठबन्धनमा पनि ४६ सदस्य छन् । सरकार गठन गर्न ४७ सांसदको आवश्यक पर्छ । बहुमत कसैको नभएको अवस्थामा एक सिट जितेको जसपा निर्णायक हुने देखिएको छ । जसपाले जुन समूहलाई सहयोग बन्छ उसैको नेतृत्वमा मुख्यमन्त्री सहितको सरकार बन्नेछ ।

समानुपातिकबाट निर्वाचित जसपाका सांसद निर्मला लिम्बु अहिले कुनै निर्णयमा नपुगेको बताउनु हुन्छ । दुवैतर्फका नेताहरूसगँ संवाद भइरहेको भए पनि आफू पार्टीको सिपाही भएकाले पार्टीको आधिकारिक धारणापछि मात्रै टुङ्गो लाग्ने उहाँको भनाई छ ।

ADVERTISEMENT

विशेष गरी आफ्नो पार्टीको मुख्य उद्देश्य पहिचान र संघीयताको पक्षमा रहेकाले एमाले नेतृत्व होस् या कांग्रेस नेतृत्व जुनले निरन्तरता दिन्छ उसैलाई समर्थन गर्ने तयारी पार्टीको रहेको समेत लिम्बुको जोड छ ।

उहाँले आफूलाई मन्त्रालय छान्नसमेत दुर्वतर्फबाट आएको बताउनु भयो । तर, पार्टीले आधिकारिक धारणा सार्वजनिक नगरी मन्त्रालयको लोभमा नपर्ने लिम्बुको भनाई छ ।

नेकपा एमालेतर्फका प्रदेश सदस्य बुद्धिराज भण्डारी प्रदेशमा एमाले नेतृत्वको सरकार बनाउन लागि परेको दाबी गर्नुहुन्छ । उहाँले एमाले ४०, राप्रपा ६ र जसपाको १ सिटले बहुमत पुग्ने बताउँदै जसका नेतासगँ छलफल भइरहेको बताउनु भयो। उहाँले पार्टीको शीर्ष नेतृत्वमा भर पर्ने बताउँदै सङ्घीय सरकार कसरी बन्छ त्यही अनुसार प्रदेश बन्ने बताउनु भयो ।

नेपाली कांग्रेस प्रदेश एक सभापति उद्धव थाले जसपासँग प्रदेश स्तरमा छलफल भइरहे पनि केन्द्रीय नेतृत्वले नै सरकार गठनको निर्णय गर्ने बताउनु भयो। उहाँले प्रदेश स्तरका नेतासँग पनि छलफल भइरहेको भए पनि संघीय सरकार अनुसार प्रदेश सरकार निर्धारण हुने बताउनु यभो। ‘हामीले पनि छलफल गरी रहेका छौँ । तर, अन्तिम निर्णय भने केन्द्रीय स्तरमै हुन्छ । त्यसैले सरकार कसको यसै भन्न सक्ने स्थिति छैन,’ थापाले भन्नुभयो ।
-प्रकाश तिम्सिना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?