काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन हुनु भएको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकबाट ओली सर्वसम्मत चयन हुनु भएको हो ।
उपाध्यक्ष विष्णु पौडेल प्रस्तावक र सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेतामा सर्वसम्मत हुनु भयो । नेकपा एमालेमा प्रत्यक्ष र समानुपातिक गरी प्रतिनिधिसभामा ७८ जना सांसद छन्।






