निकुञ्जमा वन्यजन्तुको सिकार गर्ने पाँचजना पक्राउ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

बारा । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरीशिकारी गर्दै गरेको अवस्थामा हातहतियार र बन्दोबस्तीका सामानसहित पाँच जनालाई पक्राउ गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अवैध रुपमा वन्यजन्तु चोरी शिकारी गर्नेलाई मृत पोथी जरायो, बन्दोबस्तीका सामान, हातहतियार र गाडीसहित पक्राउ गरिएको हो ।

सोमबार राति निकुञ्जलाई प्राप्त सूचनाको आधारमा गस्ती टोलीले गस्ती गर्दै जाँदा निकुञ्जभित्रको पर्सा जिल्लामा पर्ने गडवालाइनबाट उनिहरुलाई पक्राउ गरिएको बताइएको छ । चोरी शिकार गर्नेहरुका साथबाट मृत पोथी जरायो, भाले जरायोको सिंगसहित दुई लाख ९० हजार ६ सय ७० नेपाली रुपैयाँ, १ हजार २ सय भारतीय रुपैयाँ, एउटा ल्याण्डक्रुजर गाडी, एउटा बोलेरो गाडी, १२ बोरको बन्दुक १ थान, १२ बोरको राउण्ड १ थान, २२ बोरको राउण्ड ९ थान, हतियार राख्ने झोला २ थान, नाइटभिजन क्यामेरा १ थान, टेलिस्कोप १ थान, रबरको टेलिस्कोप १ थान, ब्याट्री कपार्टमेन्ट, टर्चलाइट र अन्य कागजपत्र बरामद गरेको निकुञ्जको कार्यालयले जनाएको छ ।

ADVERTISEMENT

नियन्त्रणमा लिइएका काभ्रे जिल्ला स्थायी ठेगाना भएका ५७ वर्षीय दामोदर अधिकारी, बारा जिल्ला स्थायी ठेगाना भएका ४६ वर्षीय विशाल सहनी, ३७ वर्षीय झापस दास थारु, ४४ वर्षीय नवराज थारु र अर्का एकजना ५२ वर्षीय मालदोंग तामांग रहेका छन् ।

निकुञ्जका रेञ्जर विष्णु पौडेलले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ का आधारमा कारबाही प्रक्रियाअघि बढाइने बताउनुभयाे । उहाँले अहिले अनुसन्धानकै क्रममा रहेकोले कसलाई कति सजाय हुन्छ भन्ने कुरा अनुसन्धानपछि निर्धारण हुने बताउनुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *