शेखर कोइराला र गगन थापाबीच वार्ता जारी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र शेखर कोइरालाबीचको छलफल जारी छ ।

पार्टी संसदीय दलको नेतामा एउटै समूहका थापा र कोइरालाले दाबी गर्दै आउनु भएको छ । पार्टी संसदीय दलको नेता चयनका लागि बुधबार मतदान हुने पार्टीले चुनावी तालिका सार्वजनिक गरेको केही घण्टामै दुई नेता छलफलमा जुट्नुभएको हो ।

सभापति शेरबहादुर देउवाइतर शेखर– गगन समूहका दुवै नेताले संसदीय दल आफू हुनुपर्ने बताउँदै आएका बेला छलफलमा बस्नुभएको हो ।

ADVERTISEMENT

छलफलमा जुट्नुअघि सोमबार बिहानैबाट दुवै नेता अनौपचारिक रुपमा अन्य नेतासँग पनि छलफल गर्नुभएको थियो । गगनलाई अर्का  महामन्त्री विश्वप्रकाश शर्माले पनि समर्थन जनाउनु भएको छ ।

जारी छलफलमा सो समूहका अन्य नेताको पनि सहभागी छ । अहिले शेखर कोइरालाले आफ्नो विचार राखिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज