‘बटमलाइन’ केही पनि छैनः अध्यक्ष दाहाल

रासस
रासस
Read Time = 5 mins

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीले सरकारको नेतृत्व गर्ने कुनै पनि कुरालाई ‘बटमलाइन’ नभनेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सहमति र समझदारीबाट नै अघि बढ्ने पार्टीको कुरा रहेको बताउनुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “समझदारीबाट जिम्मेवारी आयो भने लिने हुन्छ । समझदारीबाट अरुनै हुन पनि सक्छ ।” गठबन्धनका बीचमा यसअघि लिखित औपचारिक रुपमा केही नभएको भन्दै उहाँले थप्नुभयो, “गठबन्धन गर्दा आलोपालो गर्ने कुरा भएको हो, अहिले पनि यो समझदारी छ ।” राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख तत्काल टुङ्गाउनुपर्ने भन्दै उहाँले सबैलाई प्याकेजमानै टुङ्गो लगाउने समझदारी भएको बताउनुभयो ।

गठवन्धनभित्रैबाट प्रधानमन्त्री बन्ने भन्दै उहाँले गठबन्धन बसेर त्यहीँबाट टुङ्गो लाग्ने बताउनुभयो । आफूहरु गठबन्धनमा भएको भन्दै उहाँले गठबन्धन कायम रहने बताउनुभयाे  । उहाँले भन्नुभयो “मैले प्रधानमन्त्रीका निम्ति सबै चिज दाउमा लगाउने काम कहिल्यै पनि गरेको छैन ।”
आफूले गठबन्धनबाट देशको नेतृत्व गर्ने अवसर पाए जिम्मेवारी लिने कुरा मात्रै गरेको बताउनुभयो । उहाँले भन्नुभयो “तपाईहरुले सुने जस्तो गठबन्धनभित्र कुनै कुरा भएको छैन ।” निर्वाचनपछि सबै दलहरुका बीचमा छलफल भने भइरहेको उहाँले बताउनुभयो ।

अध्यक्ष दाहालले आफैंँ प्रधानमन्त्रीको रेसमा कुद्ने काम नगरेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “जिम्मेवारी आयो भने लिने काम हुन्छ ।” राष्ट्रपति गैर राजनीतिक व्यक्ति हुने स्थिति नभएको स्पष्ट पार्दै उहाँले गठबन्धनभित्र या राजनीतिक दलहरु कसैसँग पनि यो विषयमा छलफल नगरेकाे बताउनुभयाे । त्यो अहिले सम्भव पनि नरहेको उहाँको भनाइ थियो ।

ADVERTISEMENT

नेकपा एमालेसहित अन्य दलहरुसँग सबैको कुराकानी भइरहेको भन्दै उहाँले नयाँ बनेका पार्टीसँग पनि छलफल भइरहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसँग दुई तीन पटक कुरा भएको भन्दै उहाँले सिके राउत र रेशम चौधरीसँग पनि भेट गरेको बताउनुभयो ।

नेकपा एमालेसँग एकताका विषयमा बाहिर आएको जसरी कुरा नभएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो “औपचारीक र आधिकारिक रुपमा कुरा भएको छैन ।” सरकारले ल्याएको अध्यादेशको विषयमा उहाँले यसअघि भएका सम्झौता र सहमतिलाई सम्बोधन मात्र गरेको बताउनुभयो । नेपाल सरकारले विगत कालमा मधेश केन्द्रित दल, विप्लव नेतृत्वको नेकपा र थारु कल्याणकारी सभासँग भएको समझदारीलाई सम्बोधन मात्रै गरेको भन्दै यो सामान्य प्रक्रिया मात्रै भएको उहाँले बताउनुभयो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचन भन्दा पालिकामा माओवादीले बढी जितेको भन्दै अध्यक्ष दाहालले प्रदेशमा विगतकै हाराहारीमा रहेको बताउनुभयो । समानुपातिकमा केही घटेको तर नेकपा एमाले र नेपाली कांग्रेसको तुलनामा कम घटेको उहाँले बताउनुभयो । सङ्घमा अपेक्षा गरे भन्दा कम आएको भन्दै उहाँले यसको समीक्षासमेत भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो “यो समीक्षाबाट पार्टीलाई अझ बलियो बनाउन अबसर आएको हामीले ठानेका छौँ”, उहाँले थप्नुभयो “माओवादी केन्द्र एकदमै कमजोर भयो भन्ने भन्न खोजिएको छ । त्यो सत्य होइन ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?