वरिष्ठ कवि कलानिधि सम्मानित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 6 mins

काठमाडौं । वरिष्ठ कवि कलानिधि दाहाल सम्मानित हुनुभएको छ । काठमाडौंको कपनस्थित रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिलायन्स साहित्य समाजद्वारा हरेक वर्ष लक्ष्मी जयन्तीको अवसर पारेर आयोजना गर्दै आएको उपत्यकाव्यापी वक्तृत्वकला प्रतियोगिता, कवि गोष्ठी तथा साहित्य स्रष्टा सम्मान कार्यक्रमअन्तर्गत यस वर्ष वरिष्ठ साहित्यकार कलानिधि दाहाललाई रिलायन्स साहित्य स्रष्टा सम्मान-२०७९ तथा कवि/गजलकार रूपक अलङ्कारलाई रिलायन्स युवा प्रतिभा पुरस्कार-२०७९ द्वारा सम्मान गरिएको हो ।

वरिष्ठ साहित्यकार तथा समालोचक प्रा.दिनेशराज पन्तको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारद्वयलाई २५ हजार पाँच र ११ हजार पाँच रुपैयाँसहिते रिलायन्स साहित्य स्रष्टा सम्मान पुरस्कार प्रदान गरिएको थियो । सम्मानित भएपछि संक्षिप्त मन्त्वय राख्दै स्रष्टा दाहालले आफूले सधैंभरि बाँच्ने सिर्जनामा मात्र जोड दिएको बताउनुभयो । त्यसैगरी अर्का सम्मानित व्यक्तित्व अलङ्कारले साहित्य र सिर्जनाको प्रवद्र्धन र उत्थानका लागि यस्तो कार्यक्रम आयोजना भएको र अग्रज साहित्यकार सम्मानित हुन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

कार्यक्रमको सभापतित्वकको भूमिकामा रहनुभएका रिलायन्स एजुकेसन नेटवर्कका सञ्चालक समिति सदस्य एवं चार्टड एकाउन्टेन्ट राजुकुमार शिवाकोटीले नेपाली साहित्यिक क्षेत्रमा शैक्षिक थलोबाट केही योगदान दिन सकिन्छ कि भनेर तेह्र वर्षअघि रिलायन्स साहित्य समाजको स्थापना गरेको स्मरण गर्दै नेपाली साहित्य लेखनमा नयाँ पुस्ताहरूलाई पनि प्रेरित गर्दै डोर्‍याउनुपर्नेमा जोड दिनुभयो ।
जुन देशमा कला साहित्य, संगीतका क्षेत्रका सम्मानित व्यक्तित्वहरूको इज्जत र सम्मान हुन्छ त्यहाँ कला, संस्कार, संस्कृति जिउँदो रहने बताउँदै रिलायन्स साहित्य समाजले हरेक वर्ष स्रष्टाहरूलाई प्रोत्साहन र सम्मानित गर्दै आएको उल्लेख गर्नुभयो ।

ADVERTISEMENT

रिलायन्स साहित्य समाजका अध्यक्ष दामोदर निरौलाले साहित्यिक सेवामा समर्पित रहेका व्यक्तित्वहरूलाई रिलायन्स साहित्य समाजले सम्मानित गर्दै र विभिन्न साहित्यिक क्रियाकलाप गर्दै आएको बताउनुभयो । समाजका अध्यक्ष निरौलाले आगामी दिनमा साहित्यिक समाजले अझ थप कार्यक्रम र साहित्यलाई समाज र शिक्षासँग जोड्नेसमेत बताउनुभयो ।

समारोहमा विशेष अतिथि पुरुषोत्तम दाहालले रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिलायन्स साहित्य समाजद्वारा आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रम निकै नै अर्थपूर्ण रहेको भन्दै प्रशंसा गर्नुभयो । साथै उहाँले यस्ता कार्यक्रमले नेपाली भाषा साहित्यको जगेर्ना र संरक्षण, संवद्र्धनमा ठूलो भूमिका खेल्ने जिकिर गर्नुभयो ।

समारोहमा प्रमुख अतिथि दिनेशराज पन्तले सम्मानित स्रष्टाको व्यक्तित्व, नेपाली साहित्यमा उहाँको योगदानबारे चर्चा गर्नुभयो । उपत्यकाका १३ विद्यालयहरूको सहभागितामा पहिलो चरणको वक्तृत्वकला प्रतियोगितामा उत्कृष्ट पाँच वक्ताहरूलाई पुरस्कृत गरिएको थियो भने कार्यक्रममा केही स्थानीय कविहरूले कविता वाचनसमेत गरेका थिए । प्रतियोगितामा रिपुमर्दिनी सैनिक विद्यालयका छात्र सुतृष्ण पौडेल प्रथम, सरस्वती एकेडेमीकी छात्रा आयुषा सापकोटा द्वितीय, नेपाल वेदविद्याश्रमका छात्र विजय तिमल्सिना तृतीय, घटराज मेमोरियल विद्यालयकी छात्रा कीर्ति पोख्रेल र गोकर्णेश्वर लाइट एकेडेमीकी छात्रा सुजता चालिसे प्रोत्साहन पदक प्राप्त गर्न सफल हुनुभएको थियो । विजेता विद्यार्थीहरूलाई आकर्षक ट्रफी, मेडल, प्रमाणपत्र र अन्य पुरस्कारद्वारा पुरस्कृत गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?