‘रुट अफ नेपाल तेक्वान्दो’ पुस्तक विमोचित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपाली तेक्वान्दोको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएका जे के सिनद्वारा लिखित रुट अफ नेपाल तेक्वान्दो नामक पुस्तकको विमोचन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, पूर्वमन्त्री किसान श्रेष्ठ, पूर्वमन्त्री केशरबहादुर विष्ट, राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङ, एनओसीअन्तर्गत स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठले एक कार्यक्रमबीच पुस्तक विमोचन गर्नुभयो ।

चण्डोलस्थित कुण्डलिनी दरबार बैंकेटमा भएको कार्यक्रम सिनका चेलाहरू रत्न पुन, चन्द्र गुरुङ, इन्द्र गुरुङ र डा. सुधा सेन मल्लले आयोजना गर्नुभएको हो ।

ADVERTISEMENT

कार्यक्रमका वक्ताहरूले नेपाली तेक्वान्दोको विकास र विस्तारमा सिनको ठूलो योगदान रहेको बताउँदै तेक्वान्दोका ऐतिहासिक व्यक्तित्वको पुस्तक विमोचन गर्न पाउनु गर्वको विषय भएको धारणा व्यक्त गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?