प्रचण्डको दाबीमा ‘क्लियर’ हुन प्रधानमन्त्री देउवा गरे अध्यक्ष नेपालसँग भेटवार्ता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरूबीच भेटवार्ता भएको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले देउवालाई भेटेर प्रधानमन्त्रीमा दाबी गरेपछि देउवाले नेपालसँग छलफल गर्नुभएको हो ।

एकीकृत समाजवादीको दस सिटसहित आफूसँग ६० बढी सिट रहेको प्रचण्डको दाबी छ । सोही सिट संख्याका आधारमा प्रचण्डले सरकारको नेतृत्व आफूले पाउनुपर्ने दाबी पेस गरिरहनु भएको छ । यही विषयमा 'क्लियर' हुन देउवाले नेपालसँग भेटवार्ता गरेको बालुवाटार स्रोतको भनाइ छ ।

ADVERTISEMENT

आजै प्रधानमन्त्री देउवालाई भेटेर प्रचण्डले गठबन्धनबाट पहिलो चरणमा प्रधानमन्त्री बनाउन प्रस्ताव गर्नुभएको थियो । प्रचण्डको प्रस्तावमा देउवाले गठबन्धनमा छलफल गरेर अघि बढ्ने जवाफ दिनुभएको बालुवाटार स्रोतले बतायो ।

चुनाव अघि नै सरकारको नेतृत्व आलोपालो गर्नेमा गठबन्धन भित्र सहमति भएको तर, पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने बारे सहमति नभएको नेताहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज