एमाले प्रतिपक्षमा बस्छ : उपाध्यक्ष पौडेल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताउनुभएको छ ।

आज नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, “नेकपा (एमाले) अहिले सरकारमा जाँदैन, बरु प्रतिपक्षमा बसेर काम गर्छ ।”

ADVERTISEMENT

उहाँले पाँच दलीय गठबन्धनले एमालेलाई चौतर्फी घेराबन्दी गर्दा पनि एमालेले जनताको बीचबाट राम्रो मत पाएको बताउनुभयो । उहाँले पर्वतबाट निर्वाचित सांसदहरुलाई जनताको पक्षमा काम गर्न र अहिलेको नतिजाबाट नआत्तिन समेत आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र भएको पर्वतमा गत मङ्सिर ४ मा भएको निर्वाचनमा एमाले विजयी भएको थियो । साथै दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज