चर्को ब्याजदर विरुद्ध अर्थमन्त्रीलाई पत्र

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पछिल्लो समय देशभर चर्को ब्याजदरको विरुद्धमा आवाज उठेको छ । राष्ट्र बैंकले ब्याजदर अस्वाभाविक रूपमा वृद्धि गरेको भन्दै देशैभरका उद्योगी, व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । पाल्पामा पनि उद्योगी–व्यवसायीहरु अस्वाभाविक रूपले बढेको ब्याजदरले अर्थतन्त्रलाई नकारात्मक असर परेको र अव्यवहारिक भएको भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् ।

उनीहरुले राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण आफूहरु मारमा परेको भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्रीलार्ई ज्ञापन पत्र बुझाएका छन् । पाल्पा उद्योग वाणिज्यको नेतृत्वमा गएको उद्योगी व्यवसायीहरुको टोलीले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत अर्थमन्त्रीलाई ज्ञापन पत्र पठाएको हो । उनीहरुले बैंक तथा वित्तीय संस्थाहरुले व्यवसायीहरुलाई चर्को ब्याजदर लिएको र ब्याजदर घटाउन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका हुन् ।

राष्ट्र बैंकले कर्जाको दुरुपयोग रोक्न केही समयअघि चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन ल्याएको थियो । उक्त मार्गदर्शनप्रति उद्योगीले असन्तुष्टि जनाउँदै आएका हुन् । कोभिड–१९ ले थला परेको व्यवसाय केही तंग्रिने अवस्थामा रहेको बेला विभिन्न वाहानामा सबैतिरबाट व्यवसायीलाई नै मर्का पर्ने आर्थिक नीति ल्याइएका कारण ज्यादै जटिल परिस्थितीसँग व्यवसायी जुध्नुपरेको पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराईले बताउनुुभयो । उहाँले भन्नुुभयो, ‘व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुँदा समेत सरकारले वेवास्ता गरेको छ ।’ सरकारले नै व्यवसायीको विषयमा ध्यान नदिएको कारण हामी व्यवसाय बन्द गर्ने वा अन्दोलनमा जाने दुवै बाध्यताको बीचमा उभिएको अध्यक्ष भट्टराईको भनाई छ । उहाँले सरकारी अदुरदर्शी नीति र राष्ट्र बैंकले ल्याउने झन्झटिलो नयाँ प्रावधानले व्यवसायिक क्षेत्र आक्रान्त बन्दै गएको बताउनुुभयो ।

ADVERTISEMENT

उहाँले बैंकहरुले व्याजदर बढाएर व्यवसायीहरूलाई सडकमा ल्याउने काम गरेको भन्दै अब व्यवसाय बन्द गरेर तालाचावी बैंकलाई बुझाउनुपर्ने अवस्था आएको बताउनुुभयो । अर्थमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा समेत कोभिड महामारीको कारणले व्यवसायमा आएको मन्दीले आर्थिक तरलताको समस्या झेलिरहेका उद्योगी व्यवसायीहरुलाई आघात पुग्ने गरी गरिएको ब्याजदर वृद्धि र संशोधित कर्जा नीतिका कारण व्यवसाय नै बन्द गर्नुपर्ने स्थिती आएको बताइएको छ ।

स्थानीय स्तरमा सञ्चालित बैंक तथा वित्तिय संस्थाहरुलाई समेत वर्तमान संकटको यो अवस्थामा व्यवसायीहरुमाथि आतंक सिर्जना गर्ने कार्य समेत तत्काल बन्द गर्न उद्योगी व्यवसायीले माग गरेका छन् । बैंकले पछिल्लो समय कर्जामा १८ प्रतिशतसम्म ब्याज लिन थालेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज