पाल्पाका दुुई स्थानीय सरकारको आफ्नै लोगो

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । पाल्पाका दुुई वटा स्थानीय सरकारले आफ्नै लोगो बनाएका छन् । स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार यहाँका पूर्वखोला गाउँपालिका र बगनासकाली गाउँपालिकाले आफ्नो पहिचान झल्किने खालको लोगो बनाएका हुन् ।

पूर्वखोला गाउँ सरकारले आफ्नै लोगो बनाएको छ । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । गाउँ कार्यपालिकाको निर्णय अनुसार लोगो बनाउन प्रस्ताव आह्वान गरिएको थियो । प्रस्ताव आह्वानसँगै लोगो बनाउन चार जनाले प्रस्ताव पेस गरेका थिए ।स्थानीय सरकारले आफ्नो पहिचान झल्किने गरी प्रतिक चिन्ह लोगो बनाउन पाउने व्यवस्था अनुसार गाउँपालिकाले आफ्नो पहिचान झल्किने खालको लोगो तयार पारी प्रयोगमा ल्याएको गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो ।

प्रस्ताव आह्वानबाट प्राप्त भएको अमृत कामुले निर्माण गरेको लोगो छनोट गरेर सार्वजनिक गरिएको गाउँपालिका अध्यक्ष थापाले बताउनुुभयो । अब गाउँपालिकाको आफ्नै पहिचानअनुसारको लोगो बनेको उहाँले बताउनुुभयो । प्रक्रिया पुगेको र पूर्वखोला गाउँपालिकाले कार्यसम्पादन गर्ने कागजपत्रमा लोगो प्रयोग हुने अध्यक्ष थापाले बताउनुभयो । लोगो निर्माण गर्ने कामु मगरलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।

ADVERTISEMENT

यस्तै बगनासकाली गाउँ सरकारले पनि जिल्लामै पहिलो पटक आफ्नै लोगो बनाइ सार्वजनिक गरेको थियो । उसले लोगो बनाएर अहिले प्रयोगमा ल्याएको छ । खुला प्रतिस्पर्धाबाट निर्माण गरिएको लोगोमा राष्ट्रिय झण्डा राष्ट्रको शान तथा राष्ट्रिय एकताको प्रतिक समावेश गरिएको छ । क्षितिजको भाग बगनास क्षेत्रबाट देखिने मनोरम तथा कञ्चन आकाश, हरियो पहाडी क्षेत्र गाउँपालिका नामाकरणको मुख्य स्थान बगनास डाँडा, बगनासथोक, वन जंगल, जडिबुटी, बन्यजन्तु पाइने क्षेत्र तथा पहाडी क्षेत्रको प्रतिक लोगोमा समेटिएको छ ।

यस्तै बगनासको कला, साँस्कृतिक, धार्मिक स्थल, धर्म, संस्कार, संस्कृतिको महत्व रहेका स्थानहरू, मठमन्दिर, धार्मिक, साँस्कृतिक महत्वको दर्लम महाकाली लगायत सम्पूर्ण गुम्बा, शान्तिमय धार्मिक महत्व रहेको बौद्ध धर्मको प्रतिक आस्थाको धरोहर तथा स्थानीय लोककलाको झलक लोगोमा संलग्न गरिएको छ । त्यस्तैगरी कृषि उत्पादन, भाषा, कला, पुस्तक र दीयो सचेतना, भरोसा, प्रगति, शान्ति र समृद्धिको प्रतिक, ढाका र करुवा पाल्पा जिल्लाको मुख्य पहिचानको प्रतिक, रहेको लोगो बनाएर लागु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णुु घर्तीले बताउनुुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज