काठमाण्डौं । राष्ट्रिय झण्डा दिवसका अवसरमा वसन्तपुरमा दिवस मनाईएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा काठमाडौंको माइतीघरदेखि वसन्तपुरसम्म र्याली गरिएको हो ।
१९६२ डिसेम्बर १६ मा संयुक्त राष्ट्र संघमा नेपालको झण्डा दर्ता भएको दिन पारेर २०७५ सालदेखि यो दिवस मनाउँदै आइएको छ । यो दिवसलाई सरकारले राष्ट्रिय दिवसको मान्यता दिनुपर्ने प्रतिष्ठानको माग छ ।












