भारतले गर्यो सबैभन्दा शक्तिशाली अग्नी-५ मिसाइलको सफल परीक्षण

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

नयाँदिल्ली । भारतले सबैभन्दा शक्तिशाली अग्नी भी-५ ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गरेको छ । ५ हजार भन्दा बढी किलोमिटरको दूरीमा मार हान्न सक्ने क्षमताको मिसाइलको सफल परीक्षण गरिएको हो ।

यो परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही महत्वपूर्ण परीक्षण भएको भारतीय संचार माध्यमले जनाएका छन् । ओडिसा राज्यको अब्दुल कलाम द्धीपबाट परिक्षण गरिएको थियो ।

परीक्षणमा डमी वार-हेड प्रयोग गरिएको थियो। यो परीक्षण नयाँ प्रविधि र उपकरणको साथ गरिएको थियो। यो मिसाइल पहिलेको भन्दा हल्का छ। योसँगै यो परीक्षणले आवश्यक परे अग्नि-५ मिसाइलको दायरा बढाउन सक्ने क्षमता पनि प्रमाणित गरेको जानकारी दिइएको छ ।

ADVERTISEMENT

भारत चीन सीमामा जारी तनावको समयमा भएको यो परीक्षणलाई महत्त्वका साथ हेरिएको छ ।

पछिल्लो दुई वर्षमा भारतले यस्ता धेरै मिसाइलको सफलतापूर्वक परीक्षण गरिसकेको छ । गत मे महिनामा भारतले ब्रम्होस सुपरसोनिक क्रूज मिसाइलको सुखोई लडाकु विमानबाट टेष्ट फायर गरेको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?