धनगढी । कञ्चनपुरमा मानसिक रूपमा स्वस्थ नरहेकी एक किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ परेको छ । पक्राउ परेकाहरूले सात महिनासम्म किशोरीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट छन् ।
इलाका प्रहरी कार्यालय बेलौरीका अनुसार मानसिक रूपमा कमजोर रहेकी १७ वर्षीया किशोरीलाई युवकहरूले बलात्कार गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको हो । उनीहरूमाथि जिल्ला अदालत कञ्चनपुरमा आइतबार जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताउनुभयाे ।
‘किशोरी गर्भवती भएपछि मात्रै उनी बलात्कृत भएको खुलेको हो,’ प्रहरी निरीक्षक भण्डारीले भन्नुभयाे, ‘अहिले किशोरीको शारीरिक अवस्था कमजोर छ, उनी मानसिक रूपमा पनि कमजोर देखिन्छिन् ।’
कञ्चनपुरको बेलौरी नगरपालिका-२ स्थित भैंसोरीस्थित ९ कक्षामा अध्ययनरत किशोरीमाथि जेठदेखि पटकपटक बलात्कार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयाे । किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि आइतबार चेकजाँच गर्दा उनी गर्भवती रहेको पुष्टि भएपछि मात्रै बलात्कारको घटना बाहिर आएको हो ।
प्रहरीका अनुसार किशोरीको गर्भमा १८ हप्ताको बच्चा रहेको पुष्टि भएको छ । ‘किशोरीमाथि बलात्कार भएको थाहा भएपछि किशोरीका हजुरबुबाले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए,’ प्रहरी निरीक्षक भण्डारीले भन्नुभयाे, ‘त्यसैका आधारमा तीनजनालाई पक्राउ गरी छानविन थालिएको हो, तर किशोरीको गर्भमा रहेको बालक कसको हो भन्ने अझै खुलेको छैन ।’
भण्डारीका अनुसार किशोरी मानसिक रूपमा कमजोर रहेको र त्यही अवस्थाको फाइदा उठाउँदै उनीमाथि बलात्कार भएको हुन सक्ने देखिएको छ ।
पक्राउ परेकामध्ये ३७ वर्षीय साधुराम किशोरीकै घरमा ट्र्याक्टर चलाउने काम गर्थे । उनले जेठदेखि नै ललाईफकाई पटकपटक बलात्कार गरेको खुल्न आएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयाे । दुईजनाको सम्बन्ध थाहा पाएका दीपक र हरिशंकरले ब्ल्याकमेल गरी साउन-भदौदेखि पटकपटक बलात्कार गरेको खुलेको उहाँले बताउनुभयाे ।
गर्भवती भएको जानकारीपछि सोधपुछ गर्दा किशोरीले आफूले व्यहोरेको पीडा खोलेको उनका हजुरबुबाले बताएका छन् । ‘पहिला विरामी छु भन्ने गरेको भए पनि पेट बढ्दै गएका कारण शंका लागेर स्वास्थ्य संस्थामा परीक्षण गराएको किशोरीका हजुरबुबाको भनाइ छ। ती किशोरीको अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । किशोरीको गर्भपतन गर्ने तयारी गरिएको जनाइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts