ललितपुरमा एमालेबाट निर्वाचित ६ सांसदलाई प्रेस चौतारीको सम्मान

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । प्रेस चौतारी नेपालले लतिपुरमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्मान गरेको छ । बिहीबार बिहान ललितपुरको सातदोबाटोमा आयोजित विशेष कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेबाट प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित भएकाहरूलाई सम्मान गर्नुभएकाे हाे ।

ललितपुरबाट एमालेका प्रेम महर्जन, मधुसुदन पौडेल, रामेश्वर श्रेष्ठ, प्रेमभक्त महर्जन, रघुवीर महर्जन तथा अप्सरा चापागाई सांसद छन् । प्रेम महर्जन ललितपुर २ बाट संघीय सांसद हुन् भने पौडेल, श्रेष्ठ, प्रेमभक्त र रघुवीर महर्जन तथा चापागाई प्रदेश सभा सदस्य हुन् ।

ADVERTISEMENT

चौतारीका अध्यक्ष बस्नेतले आगामी कार्यकाल सफलताका लागि सबै जनप्रतिनिधिलाई शुभकामना दिएका थिए । कार्यक्रममा एमाले ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमाले निकट पत्रकारलाई सम्मान गर्नुभएकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज