सञ्चालनमा आउन थाले बैतडीका ग्रामीण सडकहरु

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा अवरुद्ध ग्रामीण सडकहरु सञ्चालनमा आउन थालेका छन् । बर्षाले गर्दा साउन यता बन्द रहेका जिल्लाका ग्रामीण सडकखण्डहरु सञ्चालनमा आउन थालेका हुन् । ग्रामीण सडकहरुमा उचित किसीमको ढल निकासको व्यवस्थापा नहुँदा सडक भत्किने, बिग्रीने भएकाले यहाँका ग्रामीण सडकहरु अवरुद्ध हुने गरेका छन् । जसका कारण ग्रामीण सडकखण्डहरुमा यात्रा गर्ने यात्रुहरुलाई समस्या हुने गरेको छ ।

ग्रामीण सडक सञ्चालनमा आएसंगै स्थानीयहरुलाई यात्रा गर्न सजिलो भएको सिगास गाउँपालिका-५ का स्थानीय भान बहादुर बोहराले बताउनुभयो । ‘बर्षातको समयमा ग्रामीण सडकहरु अवरुद्ध यात्रा गर्न कठिन हुने गर्दछ’ उहाँले भन्नुभयो ‘पालिकाहरुले खनिएका सडकहरुलाई स्तरउन्नती काम अगाडी बढाए सजिलो हुनेथियो ।’

बर्षाका कारण अवरुद्ध पालिका अन्तर्गतका शाखा सडकहरु सञ्चालनमा आइसेका सिगास गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का वडाअध्यक्ष अम्मरसिह धामीले जानकारी दिनुभयो । अवरुद्ध बनेका ढुङ्गाड-गर्जे, दुधीलाखान-गाँजरी, देउलेख-शिवलिंग लगायतका सबै ग्रामीण सडकहरु सञ्चालनमा आएका उहाँले बताउनुभयो ।

ADVERTISEMENT

बर्षाले भत्केका तथा बिग्रीएका सडकको ममर्त तथा सरसफाई गरी सञ्चालनमा आइसकेका मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले बताउनुभयो । ‘नगरपालिका संग जोड्ने सबै सडकखण्डहरु सञ्चालनमा आइसेकका छन्’, नगरप्रमुख चन्दले भन्नुभयो ‘ति सडकहरुको स्तरउन्तीका लागी ठेक्का पनि खोलेका छौ, छिट्टै स्तरउन्नतीको काम सञ्चालन हुन्छ ।’

यहाँका ग्रामीण सडकखण्डहरु समयमा नै स्तरउन्नती नुहँदा प्रत्येक बर्ष लाखौ रकम ममर्त जाने गरेको छ । जिल्लाको पुरचौडी नगरपालिका अन्तर्गतका सबै सडकहरु पनि सञ्चालनमा आइसकेका प्रमुख प्रशासकिय अधिकृत वीर बहादुर नेपालीले जानकारी दिनुभयो । ढोल्यामोड-हाट, साँफेबगर, विजयपुर, कुवाकोट लगायतका सडक खण्डहरु सञ्चालन आइसकेका उहाँले बताउनुभयो । ‘बर्षातका बेला बिग्रेका भत्कीएका सबैजसो सडकहरु सञ्चालनमा आइसकेका छन् । चालु आर्थिक बर्षमा त्यस्ता सडक मर्मत तथा सरसफाइका लागि नगरपालिकाले ६० लाख छुट्याएका छौ’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज