आठौँ धादिङ महोत्सवमा बृहत कृषि मेला तथा प्रदर्शनी हुने

बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
बाबुराम श्रेष्ठ धादिङ, संवाददाता
Read Time = 3 mins

धादिङ । आठौँ धादिङ महोत्सव २०७९ मा बृहत कृषि मेला तथा कृषि उपजहरुको प्रदर्शनी हुने भएको छ ।

कृषि ज्ञान केन्द्र धादिङ र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धादिङको संयुक्त समन्वयमा महोत्सव स्थलमा बृहत कृषि मेला तथा प्रदर्शनी हुन लागेको हो ।

कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उत्पादनहरुलाई ९ विधामा बर्गिकरण गरिएको छ । हरेक विधामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान हातपार्नेहरुलाई नगद पुरस्कारको ब्यवस्था गरिएको धादिङ महोत्सवको कृषिप्रदर्शनी ब्यवस्थापन समितिका संयोजक उमेश रुवालीले जानकारी दिनुभयो ।

प्रदर्शनीमा खाद्यान्न बाली समुह, दलहन बाली समुह, आलुवाली समुह, तरकारी बाली समुह, काउलीबाली समुह, फलफुलबाली समुह, नगदेबाली समुह, विविध समुह (मौरी, च्याउ) र रैथाने बाली समुह (लट्टे जुनेलो, कागनु, उवाआदी) मा प्रतिस्पर्धा गराइने प्रधानमन्त्री कृषिआधुनिकीकरण परियोजना धादिङका प्रमुख होमनाथ लंसालले जानकारी दिनुभयो ।

ADVERTISEMENT

किसानहरुले उत्पादन गरेको कृषि उपजहरु महोत्सव आयोजना स्थलमा पुस ६ गते विहान १० बजेदेखि ५ बजेसम्म र ७ गते विहान ७ बजेदेखि ११ बजे सम्मदर्ता गर्न सकिने महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

प्रतिस्पर्धामा भाग लिएका सवै कृषकहरुको सवै समुहको उत्पादनलाई प्रदर्शनीमा राखिने बताइएको छ । प्रदर्शनीमा भाग लिन धादिङका कृषकहरुलाई महोत्सव मुलआयोजक समितिले अनुरोध समेत गरेको छ ।

किसानहरुको कृषि उत्पादन बृृद्धि गराउन प्रोत्साहन गर्न तथा उनीहरुको मेहनतलाई सम्मान गर्नको लागि कृषि उपजहरुको प्रतिस्पर्धा गराइएको धादिङ उद्योग बाणिज्य संघका महासचिव एवं महोत्सव प्रचार समितिका संयोजक तिलक सिंखडाले जानकारी दिनुभयो । आठौं धादिङ महोत्सव पुस ७ गतेदेखि १७ गतेसम्म धादिङको खुल्ला मञ्चमा सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?