ओझेलमा स्वास्थ्य बहस

विवेक खड्का दाङ, संवाददाता
विवेक खड्का दाङ, संवाददाता
Read Time = 3 mins

दाङ । झिनो प्रतिनिधिमूलक सहभागितामा ठूलो सभाहलमा ठूला ‘इस्यु’ उठिरहेका थिए । सबैका ‘इस्यु’ आँखा स्वास्थ्यसँग जोडिएका थिए । त्यही बीचमा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीको एउटा अभिव्यक्ति थियो, ‘सधैँ डोजर, लोडर, ढुंगा, गिट्टी बालुवा, हामीले स्वास्थ्यमा समृद्धि पाउने होइन र ?, त्यतातर्फ पनि हामी गम्भीर बनौँ ।’ नेपाल नेत्रज्योति संघ दाङ राप्ती आँखा अस्पतालले घोराहीमा आयोजना गरेको लैंगिकतामा आधारित हिंसा रोकथाम तथा उत्तरदायित्व विषयक समीक्षात्मक बैठकमा घोराही उपमहानगरपालिकाका उपप्रमुख डिसीले दिएको अभिव्यक्ति हो, यो । उहाँले कार्यक्रममा भौतिक विकास सँगसँगै मानव विकासलाई पनि सँगसँगै लगे मात्र मुलुकले समग्र विकास र आर्थिक समृद्धि हासिल गर्नसक्ने पनि वताउनुभयो ।

तर, अहिले समग्र जिल्ला ढुंगा, गिट्टी, बालुवाको व्यवस्थापनको तनावमा छ । मानव स्वास्थ्य, मानव सभ्यता, सुशासन, पारदर्शीता लगायतका विषय न्यून प्राथमिकतामा छन् अर्थात् ओझेलमा परेका छन् । हरेक पालिकाका प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत अधिकांश कर्मचारीलाई समेत नदीजन्य पदार्थको व्यवस्थापनको चटारोले दिनरात सोचनीय बनाएको छ । अरू विषयमा बहस, छलफल र पैरवी गर्ने फुर्सद स्थानीय सरकारलाई छैन । आफूहरूले लैंगिक हिंसा विरूद्धको दिवस मनाइरहँदा छिमेकी जिल्लामा जीवनसाथीको टाउको काटेर झोलामा हाली आफैँ प्रहरीकोमा पुग्नेहरूका विषयमा पनि चर्चा गर्नुभयो । नवजात शिशुलाई स्तनपान गराइरहँदा सासुले चुल्ठो समाएर घिसारेका प्रसंग पनि उठाउनुभयो । यसका लागि सबैभन्दा पहिले चेतनाको जागरण ल्याउनुपर्ने पनि उहाँको सुझाव थियो ।

ADVERTISEMENT

खासमा राप्ती आँखा अस्पतालले अस्पतालमा आउने बिरामीमा पनि कहीँकतै लैंगिक हिंसा पीडितहरू पनि हुने भएकाले यही अभियानलाई जोडेर यो कार्यक्रमको आयोजना गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?