ओखलढुंगा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति ओखलढुंगाको दशौं साधारणसभा तथा पाँचौं अधिवेशन सम्पन्न भएको छ । शनिबार ओखलढुंगाको चम्पादेवी गाउँपालिका पलापुमा साधारणसभा तथा अधिवेशन सम्पन्न भएको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका केन्द्रीय उपमहासचिव गायक शिव हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको समारोहमा केन्द्रका विष्णु घिमिरे, गायिका पूर्णकला विसीलगायतको आतिथ्यता रहेको थियो ।
अधिवेशनले गायक तथा कलाकार बालकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । २१ सदस्य रहेको कार्य समितिमा चारजना सदस्यपछि मनोनयन गर्ने अधिकार कार्यसमितिलाई दिइएको बताइएको छ । यसअघि जिल्ला कार्यसमितिको अध्यक्षमा सपना रोकाय हुनुहुन्थ्यो ।
अधिवेशनको उद्घाटन सत्रमा प्रदेश–१ का सांसद प्रदीपकुमार सुनुवार, पूर्वसांसद यज्ञराज सुनुवार एमाले नेता ज्ञानबहादुर खड्कालगायत विभिन्न राजनीति दलका स्थानीय प्रतिनिधि, नेता कार्यकर्ता, विभिन्न संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, सञ्चारकर्मी, कलाकार, स्थानीय बासिन्दाको उल्लेखिय उपस्थिति थियो ।






