औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा ताला

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 5 mins

बुटवल । बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, बुटवलले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकलौटी रूपमा औद्योगिक क्षेत्रको भाडा वृद्धि गरेको भन्दै भाडा वृद्धि खारेजीको माग गर्दै बुटवल औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयमा तालाबन्दी गरेका छन्।

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले घोषणा गरेको चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आइतबार कालो ब्यानरसहित बुटवल औद्योगिक क्षेत्र उद्योग संघ, रूपन्देही उद्योग संघ र नेपाल उद्योग परिसंघको नेतृत्वमा गएका उद्योगीहरूले व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रशासन प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिएको छ।

कोभिड महामारीका कारण थला परेका उद्योगहरूको प्रवर्द्धनका लागि योजना ल्याउनुको सट्टा सरकारले अव्यवहारिक रूपमा भाडा वृद्धि गर्नु उद्योग विरोधी कार्य भएको भन्दै उनीहरूले यसअघि नै आन्दोलनको घोषणा गरेका थिए।

तालाबन्दी पछि आयोजित सभामा बोल्दै बुटवल औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष हिरामणि भट्टराईले आइतबार २४ घण्टाको लागि सांकेतिक रूपमा तालाबन्दी गरिए पनि व्यवस्थापन कार्यालयले निर्णय फिर्ता नलिए थप आन्दोलनमा जाने बताउनु भयो।

नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश अध्यक्ष एजाज आलमले औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले उद्योगीहरूको भावनाले सुझाव विपरित एकैपटक ७ सय देखि ८ सय प्रतिशतसम्म भाडा वृद्धि गरेर उद्योग बन्द गराउने षड्यन्त्रमा लागेको आरोप लगाउनु भयो। उहाँले व्यवस्थापनको मिचाहा प्रवृतिका कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताउनु भयो।

रूपन्देही उद्योग संघका अध्यक्ष माधवप्रसाद पौडेलले वर्तमान असहज अवस्थामा उद्योगलाई कसरी बचाउने र बन्द हुन नदिने तर्फ सोच बनाउनु पर्नेमा भाडा बढाएर आतंक सिर्जना गरेको बताउँदै अहिले बढाएको भाडा उद्योगीहरूले तिर्न सक्ने अवस्था नरहेकाले तत्काल भाडा बढाउने निर्णय फिर्ता लिन आग्रह गर्नु भयो।

ADVERTISEMENT

तर औद्योगिक व्यवस्थापन लिमिटेडले करिब १० वर्षदेखि औद्योगिक क्षेत्रको भाडा वृद्धि नभएको पुरानो वृद्धि गरिएको भाडा उठाउने भनिएको जनाएको छ। औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिको निर्णय र निर्देशन अनुसार भन्दै देशभरका व्यवस्थापन कार्यालयले वृद्धि गरिएको भाडा बुझाउन पत्राचार गरेका छन्।

बुटवल औद्योगिक क्षेत्रमा हाल प्रतिरोपनी वार्षिक ८ हजार ३ सय २८ रुपैयाँ भाडा लिँदै आएकोमा २०७५ सालमा १६ हजार २ सय रुपैयाँ भाडा निर्धारण गरिएको थियो। यो भाडावृद्धि ११६ प्रतिशत हो।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार चालु आर्थिक वर्षको १३ करोडसहित देशभरका १० वटा औद्योगिक क्षेत्रमा रहेका उद्योगबाट ५३ करोड रुपैयाँ भाडाबापतको बक्यौता उठाउन बाँकी रहेको जनाएको छ।

२०७५ साल साउनदेखि लागू हुने गरि लिमिटेडको सञ्चालक समितिले औद्योगिक क्षेत्रको ६३ देखि साढे पाँच सय प्रतिशतसम्म भाडा वृद्धि गरेको थियो। औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ को नियम २३ को उपनियम १ मा उत्पादनमूलक उद्योगको हकमा ५ र ५ वर्षमा भाडादर पुनरावलोकन गर्ने व्यवस्था उल्लेख छ।

औद्योगिक क्षेत्रको भाडा बृद्धिको विषयमा उद्योग मन्त्रालय, उद्योग संघ र व्यवस्थापन कार्यालयवीच भएको सहमति अनुसार एक छानविन तथा भाडा दर कायम गरि सिफारिस गर्न समिति गठन भएको र सो समितिले प्रतिवेदन नबुझाउदै भाडा वृद्धि गरिएको उद्योगीहरूको भनाइ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?