बारा । बारामा बेमौसमी आँपको माग बढेको छ । अहिले पाइरहेको आँपको स्वाद सिजन जस्तो नभए पनि खानमा राम्रो लागेको कलैया उपमहानगरपालिका–२७ का रमेशकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पूर्ण पाकेको आँप खाँदा मिठो छ तर काँचो आँप अमिलो लाग्ने गरेको छ । अहिले पाउने आँप सिजनभन्दा धेरै महँगो भएको कारण हामी जस्ता मानिसहरूले किनेर खान सक्ने अवस्था छैन ।’ एउटा दुईटा लगेर पनि के गर्ने त्यसले परिवारमा पुग्दैन । बरु सस्तो भए आँपको बिक्री बढ्ने उहाँको भनाइ थियो ।
केही समय अगाडि मात्र थोरै हाइब्रिड जातको ढाबुस आँप ल्याएर पसलमा राख्नुभएको थियो, गीता फलफूल स्टोर्सका सञ्चालक कुन्दनकुमार सर्राफले भन्नुभयो, ‘बेमौसी आँप हो कतै लगानी पनि डुब्ने हो कि भन्ने डर पनि थियो । तर, बेमौसी हुँदा हुँदै पनि आँपको स्वाद राम्रो छ । सिजनमा पाउने आँप जस्तै यसको स्वाद भएको कारण ग्राहकहरूले समेत रुचाउने गरेका छन् । अहिले थोरै थोरै ल्याएर बिक्री वितरण गरिरहेको उहाँले बताउनुभयो ।’
भारतको इलाहावादबाट रक्सौल हुँदै नेपालको विभिन्न सहरमा अहिले यो आँप पुग्ने गरेको छ । उहाँले भन्नुभयो, ‘हामी जस्ता कतिपय नेपाली व्यापारीहरूले भारतको रक्सौलबाट हाइब्रिड जातको ढाबुस नामक आँप किनेर बिक्री वितरण गर्दै आएका छौँ । सिजनमा पाउने आँपभन्दा महँगो भएको कारण सर्वसाधारणको पहुँचभन्दा बाहिर रहेको छ ।
यो आँपको मूल्य अहिले प्रतिकिलो बजारमा ७५० रुपैयाँमा बिक्री वितरण हुँदै आएको छ । दुई किलो मात्र ल्याएर सुरु गरेको आँपको बिक्री अहिले दिनहुँ बढ्दै गएको छ । यो आँप काँचो हुँदा अति नै अमिलो लाग्ने तर पाकेको खाँदा एकदम गुलियो लाग्छ ।
बजारमा कतिपय मानिसहरू स्वादलाई लिएर अलमलमा पर्ने गरेका छन् । यत्रो लगानी गरियो खानेबेलामा मिठो भएन भने आखिरमा फाल्नु पर्छ भनेर डराएर किन्न मान्दैनन् । तर, हुने खानेहरूले एकचोटी थोरै किन्छन् घरमा लिएर जान्छन् र एकचोटी खाएर आएपछि फेरि एकदेखि दुई किलोसम्म किन्ने गरेको उहाँले जानकारी दिनुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements