उपन्यासकार केशरीको ‘दुङाल’लाई उत्कृष्ट साहित्य पुरस्कार

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । आभाष साहित्य कोषले २०७८ सालको उत्कृष्ट साहित्य पुरस्कार मालिका केशरी उपनामले परिचित उपन्यासकार प्रकाशकुमार श्रेष्ठलाई प्रदान गर्ने निर्णय गरेको छ । तिब्बती शरणार्थीको अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’ का लागि उक्त पुरस्कार प्रदान गरिएको कोषका संयोजक उत्तम बस्नेतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ADVERTISEMENT

दुई लाख नगद रूपैयाँ, सम्मान पत्रसहितको सो पुरस्कार आगामी पुस १ गते राजधानीमा आयोजना गरिने विशेष समारोहमा प्रदान गरिने कोषले जनाएको छ ।
केशरीका यसअघि कथा संग्रह ‘मिरमिरे’ (२०५८), ‘पुरुत्थान’ उपन्यास (२०७२) तथा ‘सुवर्णलता’ (२०७४) प्रकाशन भइसकेका छन् । उहाँको अर्को उपन्यास पनि प्रकाशनको तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *