सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन अध्यक्ष नेपालको आग्रह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई आत्मसमिक्षा गर्दै अघि बढन आग्रह गर्नु भएको छ ।

आईतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले कसैलाई दोष नदिई कमीकमजोरी हटाएर अघि बढन सरकारलाई सुझाव दिनु भएको हो । उहाँले तीन वटै तहको सरकार मिलेर अघि बढे संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसैले पनि समाप्त पार्न नसक्ने स्पष्ट पार्नु भयो ।

उहाँले मुलुकमा कायापलट ल्याउन तीन वटै तहका सरकारले आ-आफ्ना दायित्व पूरा गर्नुपर्ने स्मरण समेत गराउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नु भयो, ‘सरकारले आफूलाई समिक्षा गर्दै अघि बढनु पर्दछ । एकले अर्कालाई दोष दिएर मुलुक अघि बढन सक्दैन । गणतन्त्रलाई कसैले पनि समाप्त पार्न सक्दैन । संघीयतालाई कसैले पनि समाप्त पार्न सक्दैन । त्यो स्पष्ट छ । संविधानले प्रदत्त गरेको अधिकारहरु जनताले उपयोग गर्न सकुन । सबै पालिकामा जनताले के के न्यूनतम सुविधा पाउनुपर्ने हो, त्यो सबैले मनन गर्न जरुरी हुन्छ । महिला हिंसामुक्त पालिका होस । छुवाछुत मुक्त मेरो पालिका हुन । सबै जाति समुदायको माझमा सामाजिक सदभाव कायम राखेको पालिका हाम्रो होस् । त्यस रुपमा प्रत्येक पालिकाले आफूलाई दर्ज गर्न सक्ने हो गरी काम गर्नु पर्दछ ।’

अध्यक्ष नेपालले संविधानले प्रदत्त गरेका अधिकारहरु जनताले उपयोग गर्न पाउने गरी काम गर्न पनि स्थानीय तहका जनप्रतिनिधि सवल ढंगले काम गर्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज