काठमाडौं । सत्ता नेतृत्वमा रहेको दल नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ समानुपातिक कोटामा ३२ जना सांसदको नाम टुंगो लगाएको छ ।
शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको नाम टुङ्गो लगाउनुभएकाे हाे ।
कांग्रेसमा ३ जना पुरुष को को पठाउने भन्ने विवाद थियो । कार्यसम्पादन समितिको बैठकमा समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषको नाममासहमति नजुटेपछि सो जिम्मेवारी सभापति देउवालाई दिइएको थियो ।
खसआर्य पुरुषतर्फ प्रवक्ता डा प्रकाशशरण महत, आदिवासी जनजातितर्फ पूर्व उपसभापति गोपालमान श्रेष्ठ, मधेसी पुरुषतर्फ अर्का उपसभापति विमलेन्द्र निधि र दलिततर्फ सहमहामन्त्री जीवन परियार हुनुहुन्थ्याे ।
अन्तत ३ जना पुरुषमा खसआर्यको पहिलो नम्बरमा रहनुभएका डा. प्रकाशशरण महत, मधेसीको पहिलो नम्बरमा रहनुभएका विमलेन्द्र निधि र दलितको पहिलो नम्बरमा रहेका जीवन परियार सांसद बन्ने हुनु भएकाे छ ।
कांग्रेसले विभिन्न क्लस्टरका साथै पुरुषबाट तीन जनालाई सांसद बनाउने निर्णय गरेको छ ।
यस्तो छ ३२ जना सांसदको सूची–
आदिवासी जनजातितर्फ
१ सरस्वती बजिमय
२ लिलादेवी बोखिम
३ सिता कुमारी राना
४ सुशीला थिङ
५ सपना राजभण्डारी
६ माया राई
७ कुसुम थापामगर
८ मनोरमा सेरचन
खस आर्यतर्फ
९ अम्बिका बस्नेत
१० सरिता प्रसाईं
११ आरजु राणा देउवा
१२ ईश्वरी न्यौपाने
१३ प्रतिमा गौतम
१४ मञ्जु खाँण
१५ रमा कोइराला पौडेल
१६ कान्तिका सेजुवाल
१७ मैना रावल कार्की
मधेसी तर्फ
१८ नागिना यादव
१९ मुक्ता कुमारी यादव
२० चन्दा चौधरी
२१ संगिता मण्डल
२२ निनुकुमारी कर्ण
दलित तर्फ
२३ शान्ति विक
२४ रुपा विक
२५ सीता मिजार
२६ आशा विक
थारु तर्फ
२७ कल्पना चौधरी
२८ विना कुमारी थनेत
मुस्लिम तर्फ
२९ जावेदा खातुन जागा
तीनजना पुरुष
३० विमलेन्द्र निधि
३१ जीवन परियार
३२ प्रकाशशरण महत







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts