काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको समानुपातिक पद्धतितर्फको सांसद चयनका लागि बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठक विना निश्कर्ष सकिएको छ ।
कार्यसम्पादन समितिको बैठकले समानुपातिक पद्धतिबाट चयन गर्नुपर्ने तीन जना पुरुषका लागि सहमति नजुटेपछि कांग्रेस पदाधिकारीको बैठक बसेको छ ।
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले सुची टुंगो लगाउन बालुवाटारमा पदाधिकारी बैठक बोलाउनु भएको छ ।
कांग्रेसले समानुपातिकतर्फ ३२ सिट पाएको छ। संघीय संसदमा अनिवार्य रूपमा ३३ प्रतिशत महिला पठाउनुपर्ने प्रावधान छ। यो प्रावधान अनुसार कांग्रेसले २९ जना महिला र ३ जना पुरुष पठाउनुपर्नेछ।
पुरुषको कोटामा विमलेन्द्र निधि, प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, जीवन परियार र फरमुल्लाह मन्सुरलगायत ले दाबेदारी पेश गरिरहनु भएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts