गुल्मी । गुल्मीको तम्घास बजारमा रहेका खानेपानीको पाइप लाइनलाई व्यवस्थित गरिने भएको छ । सदरमुकाम तम्घास बजार कालोपत्रे गर्ने पूर्वतयारीका लागि यस क्षेत्रका सडकमा पर्ने खानेपानीका पाइप लाइनलाई व्यवस्थित गर्न लागिएको हो ।
रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले खानेपानीका पाइप लाइनलाई व्यवस्थित गर्नका लागि यहाँका सम्बन्धित वडाका वडाध्यक्षलगायतका जनप्रतिनिधि र खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरूसँग छलफल गर्नुभयो । उहाँले छिट्टै बजार क्षेत्रभित्रका सडक कालोपत्रे गर्नुपर्ने भएकाले यहाँ रहेका खानेपाानीका सम्पूर्ण पाइप लाइनलाई व्यवस्थित गर्नुपर्ने कार्यलाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।
नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल, वडाध्यक्ष रामप्रसाद पन्थी, हिराबहादुर थापा, निरञ्जन थापा, कार्यपालिका सदस्य सीता विश्वकर्मा, तम्घास बृहत् खानेपानी उपभोक्ता समिति अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, खानीगाउँ खानेपानी उपभोक्ता समिति उपाध्यक्ष मनबहादुर गाहा, रेसुंगा नगरपालिकाका कार्यक्रम अधिकृत विनोद मरासिनीलगायतको उपस्थितिमा भएको छलफलबाट पाइप लाइनलाई छिट्टै व्यवस्थित गरिने सहमति भएको बताइएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts