चिलसँग ठोक्किएको जहाजले आज उडान भर्ने

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 2 mins

हुम्ला । बुधबार मध्याहृन चिलसँग ठोक्किएर क्षति पुुगेको तारा एयरको जहाजले आज (शुक्रबार) उडान भर्ने भएको छ । चिलसँग ठोक्किएर हुम्लाको सिमकोट विमानस्थलमा रोकिएको जहाजलाई बिहीबार मर्मत गरिएको थियो ।

बिहीबार बिहानदेखि पाँचजना इञ्जिनियरको टोली सिमकोट पुगेर जहाजको मर्मत गरेका थिए । नोजमा चिल ठोक्किँदा जहाजको नोचभित्र चिल पसेको थियो । चिल नोचभित्र पसे पनि जहाज सिमकोट विमानस्थलमा सुरक्षित अवतरण गरेको थियो । नोचभित्र रहेको चिललाई प्राविधिकको टोलीले बिहीबार बिहान निकालेको हो । बिहीबार मर्मत कार्य गरिएको र मर्मत कार्य सफल भएकाले शुक्रबार तारा एयरले उडान भर्ने भएको सोही एयरलाइन्सका सिमकोटका कर्मचारीले बताएका छन् ।

ADVERTISEMENT

अदानचुली गाउँपालिकामा पर्ने मनेलेक क्षेत्रमा तारा एयरको ट्विनअटर विमान चिलसँग ठोक्किँदा जहाजको अगाडिको भागमा क्षति भएको थियो । नेपालगञ्जदेखि हुम्लाको सिमकोट विमानस्थलका लागि कार्गो उडान भरेर फिर्ता हुने क्रममा नाइन एन–एकेल कलसाइन भएको तारा एयरलाइन्सको जहाज बुधबार दिउँसो १२ः४५ बजे सिमकोट विमानस्थलमा उडेको करिब दुुई मिनेटपछि चिलसँग ठोक्किएको हो ।
मानवीय क्षति भने भएको छैन । जहाजमा तीनजना यात्रुुसमेत थिए । जहाजमा पाइलट, को-पाइलट र एयर होस्टेजसहित तीनजना सवार रहेका थिए । मानवीय क्षति हुनबाट बचेको सिमकोट विमानस्थल स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज