पाल्पामा घर प्लाष्टर गर्दा लडेर युवकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा । पाल्पाको रामपुरमा घर प्लाष्टर गर्ने क्रममा लडेर एक युवकको मृत्यु भएको छ । विहिबार विहान रामपुर नगरपालिका –५ बेझाडको एक घरमा प्लाष्टर गर्ने क्रममा लडेर पर्साको छिपहरमाई गाउँपालिका –३ मंगललापुरका २५ वर्षीय राजेश कुसहवाको मृत्युु भएको हो ।

स्थानीय दुर्गा केसीको चार तले पक्की घरमा प्लाष्टर गर्ने क्रममा दुई तलाबाट खस्न गई कुसहवा घाइते हुनुभएको थियो । घाइते उहाँलाई रामपुर अस्पतालमा उपचार भए पनि थप उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा राखिएको थियो ।

ADVERTISEMENT

उहाँको उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज