ब्राउन सुगरसहित दुई युवा पक्राउ

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

बर्दिया । अवैध लागुऔषध ब्राउन सुगरसहित बर्दियाबाट दुईजना पक्राउ परेका छन् । जिल्लाको बढैयाताल गाँउपालिका-२ नेपाल भारत सीमानजिकै फुटाहाबाट १४ ग्राम ६३० मिलिग्राम ब्राउन सुगरसहित दुईजना पक्राउ परेका हुन् ।

ADVERTISEMENT

पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ का २४ वर्षीय दीपेन्द्र बुढा र सोही नगरपालिका-९ लाटीकोइलीका २२ वर्षीय कृपा बोहरा छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । पक्राउ परेकाले प्रयोग गरेको भे५प ६२०२ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *