पूर्ण खोप सुनिश्चितता घोषणामा खार्पुनाथ गाउँपालिका जिल्लाकै पहिलो

दाने बोहरा हुम्ला, संवाददाता
दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 5 mins

हुम्ला । हुम्लाको एक मात्रै खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चतता घोषणा गरिएको छ ।

स्थानिय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पुण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता, भन्ने मुल नाराकासाथ खार्पुनाथ गाउँपालिका पूर्ण खोप सुनिश्चतता गाउँपालिका धोषित गरिएको हो ।

हुम्लाका सातवट गाउँपालिका मध्य खार्पुनाथ गाउँपालिकाले पहिलो पटक खोप सुनिश्चितता गाउँपालिकाका रुपमा घोषणा गरेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाको समन्वयमा सबै स्वास्थ्य संस्थाहरुले पाँच वटै वडाका बस्तीमा बालबालिकाहरुलाई खोप लगाउने कार्य पूरा भएपछि खार्पुनाथलाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको हो ।

गाउँपालिकाभरिका खोप लगाउने सबै उमेर समूहका बालबालिकाले खोप लगाएपछि गाउँपालिकाले धेरै तह पार गर्दै बुधबार पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषित गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले बताउनुभयो । गाउँपालिकाका पाँच वटै वडाका बस्तीहरुमा जिल्ला स्तरबाट खोपबाट बालबालिका छुटेको सम्बन्धमा स्थलगत रुपमा अनुगमन भइ घोषणा गर्न अनुमति पाएपछि शाखाले पूर्ण खोप सुनिश्चित घोषणा गरेको उल्लेख शाहीले बताउनुभयो ।

ADVERTISEMENT

गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सञ्चालन भएको कार्यक्रममा बोल्दै पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतले आगामी दिनहरूमा खार्पुनाथ गाउँपालिकाका बालबालिकाहरुले खोप लगाउनबाट बञ्चित भएको सञ्चारकर्मीले समाचार लेख्नु नपरोस भन्ने आग्रह गर्नुभयो । सो गाउँपालिकाले २३ महिना भन्दा मुनिका बालबालिकाहरुलाई पुण खोप सुनिश्चित गरेको छ । उक्त कार्यका लागि खार्पुनाथका सम्पुर्ण स्वास्थ्यकर्मी, स्वयमसेविका, जनप्रतिनिधि, लगायत स्थानियको प्रयासमा गाउँपालिका र्पूण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
सरकारले तया गरेका कामलाई खार्पुनाथ गाउँपलिकाले अहोम भुमिका खेलि निर्वाह गरि रहेको जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराले बताउनुभयो । कार्यजिल्लामा रहेका कर्मचारीलाई राजनितीकि करण गरिनु यो कार्य राम्रो नभएको भन्दै कार्यक्रमका प्रमुख अथिति फडेराले आपत्ति जनाउनुभयो ।

जिल्लाका पत्येक गाउँपालिकामा खोपको परिपुर्तिका लागि सरकारले जिम्मेवार रहनु पर्छ र यो सँगै गाउँपालिकाको पनि त्यतिकै भुमिका रहनुपर्ने उहाँको भनाई थियो । खार्पुनाथ गाउँपालिकाका बालबालिकामा खोप सञ्चालन तथा खोप अपुग भएको पाइएमा बालबालिकाका आमा बुवा र स्वास्थ्यकर्मि स्वयम् आफै जिम्मेवार हुनु पर्ने उहाँको भनाई छ ।

पूर्ण खोप घोषणा कार्यक्रममा सिमित मात्रै नभएर यसलाई कार्यन्वयनमा ल्याउनका लागि सबै जनप्रतिनिधि लागि पनुपर्ने कार्यबाहक अध्यक्ष जय बहादुर शाहिको भनाई थियो ।

जसमा खमर्पुनाथ गाउँपालिकाका १३ स्वास्थ्य संस्थाका १४ वटा खोप केन्द्रमार्फत ३ सय ८१ जना बालबालिकालाई पूर्ण खोप सञ्चालन गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बलिराज शाहीले बताउनुभयो । उक्त कार्यक्रममा खार्पुनाथ गाउँपालिका कार्यवाहक अध्यक्ष जय बहादुर शाहिको अध्यक्ष तथा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको प्रमुख आथित्यमा सञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज