डिप्लोमा इन्जिनियरिङ एसोशियसनको जिल्ला अध्यक्षमा बस्नेत

चिसाङ शेर्पा खोटाङ, संवाददाता

 डिनको केन्द्रीय सल्लाहकार र नयाँ कार्य समितिकाे सामूहिक तस्विर ।

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 1 min

खोटाङ । डिप्लोमा इन्जिनियरिङ एसोसियसन(डिन) जिल्ला कार्य समितिको अध्यक्षमा ईश्वर खुलाल बस्नेत चयन हुनु भएको छ । डिनको १४ औं जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत गठन गरेको हो ।

बुधबार दिक्तेलस्थित होटल ईन्द्रेणीमा भएको अधिबेशनले डिनको उपाध्यक्षमा अग्निराज राई, सचिवमा गणेश राई, सह–सचिवमा गायस राई र कोषाध्यक्षमा सरगम राईलाई चयन गरेको छ ।

ADVERTISEMENT

समितिको सदस्यहरुमा सन्तोष राउत, दीपेन्द्र राई, पशुपति पुन, रोजनबाबु बस्नेत र शिसन राई रहनुभएको छ ।
डिनका केन्द्रीय सल्लाहाकार बर्मलाल राजभण्डारी र बिष्णु बहादुर केसीको प्रमुख आतिथ्यतामा समिति गठन भएको हो । यसअघि डिनको अध्यक्षमा कणक राई हुनुहुन्थ्यो । डिनको तीन वर्षे कार्यकाल हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?