हलेसी मन्दिर परिसरमा २६ सौर्यबत्ती जडान

चिसाङ शेर्पा खोटाङ, संवाददाता
चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 3 mins

खोटाङ । खोटाङको त्रि-धार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्यबत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत मन्दिर परिसरमा २६ वटा सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हो ।

मन्दिर परिसरमा बत्ती नहुँदा साँझमा तथा बिहानै मन्दिर दर्शन गर्न जाने तीर्थालु भक्तजनलाई असहज भईरहेको अवस्थालाई ध्यानमा राखेर हलेसी तुवाचुङ नगरपालिका र महादेवस्थान वडा कार्यालयले सौर्यबत्ती आवश्यक भएको भनेर १ नं.प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा माग गरेपछि बत्ती जडान भएको महादेव स्थानका वडाध्यक्ष तथा नगर प्रवक्ता कमल गिरीले जानकारी दिनुभयो ।

ADVERTISEMENT

महेन्द्रोदय माविको छानामा १२ थान सोलार प्यानल राखेर आठवटा ब्याट्रीमार्फत एक केभीए विद्युत् उत्पादन गरी प्रत्येक पोलपोलमा विद्युत् पु¥याएर सौर्यबत्ती बालिएको छ । सेन्सर (अँध्यारोमा आफैँ बल्ने उज्यालोमा आफैँ बन्द हुने)का आधारमा सौर्यबत्ती बल्नेछ ।
प्रदेश सरकारको १० लाख बजेटमा गत साउनमा प्रदेशबाटै सामान र प्राविधिक टोली आएर नगरपालिका र वडाले देखाएको आवश्यक स्थानमा कात्तिकमा बत्ती जडानको काम सम्पन्न भएको थियो । बत्ती जडान भइसकेपछिको मितिबाट भने मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्नेछ ।

यस्तै, उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै १ नं.प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको १ करोड बजेटमा १२६ वटा सौर्यबत्ती जडानका लागि तार झारिएको छ । अन्य सामानहरू आउने क्रममा रहेको महादेवस्थानका वडाध्यक्ष गिरीले बताउनुभयो । गिरीका अनुसार हेलीप्याड डाँडामा विद्युत् गृह निर्माण गरी आवश्यक ठाउँमा सौर्यबत्ती जडान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज