भ्याली पब्लिक र ग्रिनफिल्डलाई उपाधि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आयोजक भ्याली पब्लिक र ग्रिनफिल्डले १५औँ माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । भ्याली पब्लिकले दोहोरो उपाधि चुम्यो । भ्याली पब्लिक सिनियर ब्वाइज र सिनियर गल्र्समा च्याम्पियन बन्यो । ग्रिनफिल्ड जुनियर ब्वाइजमा पहिलो भयो ।

सुन्दरबस्तीको भंगालस्थित घरेलु कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले गोल्डेनपिकलाई ४५-३८ ले हरायो । भ्याली पब्लिकका टिशान्त लामाले १६ स्कोर गर्नुभयो ।

सिनियर गल्र्सको उपाधि भिडन्तमा भ्याली पब्लिकले काष्ठमण्डपमाथि २१-२० ले हरायो । भ्याली पब्लिककी मुस्कान गुरुङले ९ अंक जोड्नुभयो । जुनियर ब्वाइज फाइनलमा ग्रिनफिल्डले बसुन्धारा नेसनल एकेडेमी (बिएनए) लाई ३१-२५ ले पाखा लगायो । ग्रिनफिल्डका अर्जुन बस्नेतले २४ अंक जोड्नुभयो ।

ADVERTISEMENT

सिनियर ब्वाइजमा भ्याली पब्लिकका छिरिङ डेन्डुप लामा, सिनियर गल्र्समा भ्याली पब्लिककी लोरिशा गौचन र जुनियर ब्वाइजमा ग्रिनफिल्डका अर्जुन बस्नेत ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित हुनुभयो । सिनियर ब्वाइजमा सुशान्त चौधरी, सिनियर गल्र्समा मुस्कान गुरुङ र जुनियर ब्वाइजमा छिमे तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिनुभयो । तीनैजना भ्याली पब्लिकका हुनुहुन्छ ।

सिनियर ब्वाइजमा गोल्डेनपिकका दिनेश रापाल, सिनियर गल्र्समा काष्ठमण्डपकी रिया राई र जुनियर ब्वाइजमा बिएनएका एलेक्स गुरुङ प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बन्नुभयो । सिनियर ब्वाइजमा पृथ्वी, सिनियर गल्र्समा केभिकेएसएस र जुनियर ब्वाइजमा हृवाइट फिल्ड अनुशासित टिम ठहरिनुभयो ।

विजेतालाई प्याब्सनका केन्द्रीय महासचिव आरबी कट्वाल, टोखा प्याब्सनका अध्यक्ष टंक चापागाईं, भ्याली पब्लिक व्यवस्थापन समितिका अध्यक्ष लिलबहादुर गुरुङ, भ्याली पब्लिकका प्रिन्सिपल कृष्णप्रसाद अधिकारी, भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । सिनियर ब्वाइजमा २४ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२-१२ टिम सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?