बैतडी माया लुहार हत्या प्रकरण : आरोपी सार्वजनिक

डम्बर बोहरा बैतडी, संवाददाता
डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 4 mins

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका ४ फ्याउलीकी २१ बर्षिय माया लुहारका हत्या आरोपी भरतराम कोलीलाई प्रहरीले सार्वजनिक गरेको छ ।

सोमबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी शिवनाथ गाउँपालिका ४ सोल्पलाका सशस्त्र प्रहरीका जवान समेत रहेका कोलीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । भरतराम कोली र मायाबीच प्रेम सम्बन्ध रहेको र भरतरामले भेटका क्रममा अन्यलाई पनि प्रेम गरेको लाल्छना लगाउदै आफुसँगै भएको चक्कु प्रहार गरी हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिनुभयो ।

भरतराम कोली सशस्त्र प्रहरी बल नेपाल हूल तथा दंगा व्यवस्थापन शिक्षालय पोखरामा कार्यरत हुन् । उनी मंसिर ७ गते विदामा घर आएको खुलेको छ । प्रारम्भिक अनुसन्धानबाट आरोपी कोलीले ११ गते नै मायाको मोवाइल खोसेर घर लगेको र मोबाइलको निगरानी गरी १३ गते मोबाइल लिनको लागि शिवनाथ ६ को नेपाल टेलिकमको टावर नजिकै बोलाएको खुलेको उहाँले बताउनुभयो । मायाको हत्यापछि उनीसंगै रहेकी नेहाले पनि घटनाबारे अन्यलाई जानकारी गराउने डरले नेहालाई पनि हत्या गर्ने प्रयासले घाँटीमा छुरा प्रहार गरेको र नेहाले भागेर ज्यान जोगाएको बताइएको छ । घाइते नेहाको डडेल्धुरा अस्पतालमा उपचार भैरहेको छ ।

ADVERTISEMENT

१३ गते लुगा सिलाउन भन्दै माया आफ्नै भदै नेहा लुहारसँग कुलाउ बजार आएकी थिइन् । साँझ अबेरसम्म पनि घर नफर्किएपछि दुबैको खोजी भएको थियो । खोजी गर्दा भोलीपल्ट १४ गते बुधबार नेहा घाइते अवस्थामा भेटिएकी थिइन् भने मायाको हत्या गरिएको अवस्थामा टेलिकमको टावर नजिकै शव फेला परेको थियो । मृतक मायाका दाई टिंकुराम लुहारले जिल्ला प्रहरी कार्यालय बैतडीमा मंसिर १५ गते बिहीबार किटान जाहेरी दिएका थिए । कोलीलाई कञ्चनपुर प्रहरीले आइतबार बिहान १० बजे महेन्द्रनगर बसपार्कबाट नियन्त्रणमा लिएको थियो । उनलाई आइतबार राती नै बैतडी ल्याइएको हो ।

मुलुकी अपराध संहिता, २०७४को परिच्छेद १२ को दफा १७७(ज्यान मार्ने नियतले काम गर्न नहुने) र परिच्छेद १२ को १८३(ज्यान मार्ने उद्योग गर्न नहुने) मुद्धा शीर्षकमा सोमबार जिल्ला अदातलाट १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएका प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *