सत्ता गठबन्धनमा जसपा फेरि सामेल हुन लागेको हो ?

हिमालय टाइम्स कालिकोट, संवाददाता

फाइल तस्बिर

हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आम निर्वाचनको मुखैमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धन छाडेर एमालेसँग तालमेल गरेको जनता समाजवादी पार्टी (जसपा) अब कता लाग्छ भन्ने आम चासोको विषय बनेको छ । आइतबार जसपा अध्यक्ष उपेन्द्र यादवले एमालेसँगको तालमेल निर्वाचनसम्मका लागि मात्र रहेकाले सहकार्य सकिएको बताएसँगै जसपा अब कता लाग्छ ? भन्ने धेरैको चासोको विषय बनेको हो ।

उहाँले निर्वाचनपछि आफ्नो पार्टी नयाँ ढंगले अघि बढ्ने बताउनु भएको छ ।  ‘एमालेसँग तत्काल केही सिटमा तालमेल गरेका हौं । कुनै मोर्चाबन्दी र गठबन्धन थिएन । चुनावमा हामीले केही सिट र एमालेले केही सिट छोडेको तर त्यो चुनावसँगै सकियो,' उहाँले भन्नुभएको थियो, ‘अब नयाँ धरातलमा नयाँ ढंगले सबैले आ–आफ्ना ठाउँमा कसरी जाने तय गर्ने अवसर पाएको छ ।’

अध्यक्ष यादवको पछिल्लो अभिव्यक्तिसँगै जसपाको आगामी बाटो कता ? भन्ने प्रश्न तेर्सिएको छ । जसपा अब सत्ता गठबन्धनमा फेरि सामेल हुन लागेको हो ? भन्ने न्युज कारखानाको प्रश्नमा जसपा प्रवक्ता मनिष सुमनले सबैतिर सम्भावनाको ढोका खुला रहेको बताउनु भयो । एमालेसँग चुनावी तालमेल सकिए पनि सरकारमा सहभागी हुनेबारे एमाले वा कांग्रेस जोसँग पनि मुद्दाका आधारमा सहकार्य गर्न सकिने प्रवक्ता सुमनको भनाइ छ ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, 'एमालेसँग मात्र चुनावी तालमेल थियो, त्यो टुंगियो । सरकारमा सहभागी हुनेबारे जसले नागरिकता विधेयक लगायतमा हामीले उठाइरहेका मुद्दालाई पूरा गर्ने सहमति गर्छन्, जोसँग पनि सहकार्यको बाटो खुला छ । त्यो एमाले पनि हुन सक्छ वा कांग्रेस पनि ।'

यद्यपि, यस पटक जनताले पार्टीले प्रतिपक्षमा बस्नुपर्ने खालको अभिमत दिएकाले सरकार बाहिर बस्न पनि तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रतिनिधिसभातर्फ जसपाले यस पटकको निर्वाचनमा प्रत्यक्षतर्फ सात सिटमा जित हासिल गरेको छ । भने, समानुपातिकतर्फ ४ लाख २० हजार ९४६ मत ल्याएको छ ।

धेरै सिट पाउन एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादव भने सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) सँग भारी मतान्तरले पराजित हुुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?