भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति सरकारले निरीहता देखाएको रवि लामिछानेको आरोप

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति  तथा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले दार्चुलामा भारतीय पक्षबाट भइरहेको ज्यादतीप्रति नेपाल सरकारले निरीहता देखाएको आरोप लगाउनु भएको छ ।

भारतीय पक्षबाट भएका व्यवहारले आफ्नो नागरिकतको ज्यान जाँदा, घाइते हुँदा, भूमि मिचिँदा नेपाल सरकार केही नभएको जस्तो गरेर बस्दै निरीहता देखाएको भन्दै उहाँले आफूहरुको पुस्तालाई स्वीकार्य नहुने बताउनु भएको छ।

‘वर्षौंको यो निरीहताको कारण के होला ?’ लामिछानेले प्रश्न गरेका छन्, ‘आफ्नो सीमा जोगाउनु, आफ्ना नागरिकको अभिभावक बन्नुभन्दा अर्को महत्वपूर्ण कुरा के हुन्छ राज्यको ? आफ्नो सीमा जोगाउन, आफ्ना नागरिकलाई सुरक्षा दिन, अन्तर्राष्ट्रिय सन्धी सम्झौताका पाना–पाना पल्टाएर बुँदा बुँदा केलाउँदै आफ्नो हक जोगाउन किन सक्दैन सरकार ?  आफ्नो हक पाउनु भनेको कसैको विरोध गर्नु होइन, कसैसँग जोरी खोज्नु होइन भन्ने कुटनीति बनाउन के ले रोक्छ सरकारलाई ?’

समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भन्दै उहाँले भन्नुभएको छ, ‘नयाँ पुस्ताको आगमन भइसकेको छ । त्यसैले अब नयाँ शीराबाट कुरा  गरौं । दार्चुलामा भेट्ने हो कि काठमाडौमा भेट्न हो कि दिल्लीमा भेट्ने हो, तय गरौँ । तर, निरीहताको निरन्तरता हाम्रो पुस्तालाई स्वीकार्य छैन।’

ADVERTISEMENT

यसबारे सभापति लामिछानेले फेसबुकमा लेख्नुभएको छ :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?