कानुन अभावका कारण खेल क्षेत्रमा सोचे जस्तो विकास गर्न सकेनौँः कांग्रेस नेता सिंह

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले नेपालमा राजनीतिक स्थिरता नआएका कारण विकासले गति लिन नसकेको बताउनु भएकाे छ । नेपाल सेतेरियो कराते केन्द्रीय शाखा डोजोले सोमबार आयोजना गरेको कार्यक्रममा सिंहले संविधान कार्यान्वयन गर्न आवश्यक ऐन अभावका कारण विभिन्न सामाजिक, सांस्कृतिक, आर्थिकका साथै खेल क्षेत्रको विकास सोचे जस्तो गर्न सम्भव नभएको बताउनुभएकाे हाे ।

संविधान कार्यान्वयन गर्न तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन पर्ने भए पनि उचित कानुन बनाउन बाँकी रहेकाले जनसेवा प्रवाहमा सोचे जस्तो कार्य गर्न नसकेको उहाँको भनाइ छ ।

ADVERTISEMENT

त्यसैले अबको दिनमा आफू सङ्घीयता कार्यान्वयन साथै तीन तहको सरकारलाई अधिकारसम्पन्न बनाउन कानुन निर्माणमा लाग्ने बताउनुभयाे । उहाँले समाजमा सकारात्मक ऊर्जा प्रदान गर्न खेल र खेलाडीले खेल्ने भूमिकाको प्रशंसा गर्नुभयाे । सिंहले समग्र खेल क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने दाबी पनि गर्नुभयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?