दार्चुला । भारतीय पक्षले दार्चुलास्थित नेपाल-भारत जोड्ने महाकाली नदीमाथिको अन्तर्राष्ट्रिय पुलको नाका बन्द गरेको छ।
महाकाली नदीमा तटबन्ध निर्माणको क्रममा भएको विवादमा आइतबार नेपाली र भारतीय नागरिकबीच ढुंगा हानाहान भएपछि सोमबार बिहानबाट भारतीय पक्षले पुल बन्द गरेका हुन।
महाकाली नदीको यो पुल भएर नेपाल-भारत ओहोरदोहोर गर्ने गरिन्छ। यसअघि आइतबार पनि नेपाली पक्षले तटबन्ध निर्माणको विरोधमा पुल बन्द गरेका थिए ।
भारतीय नागरिकले आइतबारको घटनालाई लिएर बिहानैदेखि महाकाली नदीमाथिको पुल बन्द गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक राजेश शाहीले बताउनु भयो ।
पुल बन्द भएपछि नेपाल र भारतका स्थानीय दुवैतिर आवतजावत गर्न पुल खोलिने पर्खाइमा रहेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts